२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगरः
कञ्चनपुरको महाकाली पारी दोधारा नगरपालिका-७ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रबहादुर बहेक (क्षेत्री) बिजयी बनेका छ्न । बिजयी बस्नेतले ७ सय ६९ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शुशिल रानामगरले ७ सय ४८, स्वतन्त्र उम्मेदवार बीरबहादुर सुनारले ४ सय ५४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका परसुराम सुनारले २ सय १४ मत ल्याएका थिए । दोधारा चाँदनी नगरपालिकामा अहिले सम्म वडा नं. २, ६,७ र ९ मा नेकपा एमाले तर्फबाट उम्मेदवारी पाएकाहरुले वडाध्यक्ष पदमा बिजय हासिल गरेका छन् ।
महाकाली पारीको नगरपालिकामा एमाले उम्मेदवार किशोर लिम्बूले अग्रता कायम राखेको छ । नेपाली काङ्ग्रेस उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी