२०८१ मंसिर ९, आईतबार
जनप्रतिनिधीले गरे पदभार ग्रहण
दोधारा:
दोधारा चाँदनी नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाल्दै नवनिर्वाचित नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनीलाई समृद्ध नगरी बनाउने बताए । उनी भन्छन्, ‘सम्भावना र चुनौतीका बिचमा नगरको महत्वपूर्ण जिम्मेवारी सम्हालेको छु ।
जनतालाई साक्षी राख्दै काम गर्नेछु । भष्ट्राचारमुक्त नगरका लागि जनता प्रश्नको उत्तर खोजी रहेका छन् । आवश्यकता र औचित्यताका आधारमा समानुपातिक विकास गर्नेछु ।’ अरु नगरपालिकाको दाँजो दोधारा चाँदनी नगरपालिका सानो नगरपालिका भएको हुदा छाटो समयमा यस क्षेत्रको बिकास गर्न सकिने नगर प्रमुख किशोर कुमार लिम्बुले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भौतिक तथा सामाजिक अझै धेरै गर्नु पर्ने भएको हुदा उक्त कार्यमा सबै निर्वाचित जनप्रतिनिधीहरुले आफुलाई सघाउने कुरामा ढुक्क भएको बताए ।उनले दोधारा चाँदनी नगरपालिकाको सम्भावनालाई विकासको एजेण्डाका रुपमा लैजाने बताए । उनी भन्छन्, ‘योजनाबद्ध विकास गर्दै नगरका आधारभूत भौतिक पूर्वाधार संगै सुशासनयुक्त, पारदर्शी नगर बनाउने छु । जनताको मतलाई कदर गर्दै आशालाई विकासमा परिवर्तन गर्नेछु ।’ उनले दोधारा चाँदनी नगरपालिकालाई व्यवस्थित जनतालाई विश्वस्त पार्ने गरि काम गर्ने बताए । सपथपछि सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ निर्वाचन सम्पन्न भएकोमा बसबैलाई धन्याबाद दिएका छन् । ‘अब रात दिन विकासको रेखा कोर्न जरुरी छ् हामी जनप्रतिनिधीलाई, जनताले धेरै आशा गरेका छन् । आशालाई निराश बनाउनु हुन्न् । गहन जिम्मेवारी बोधपूर्ण काम हुने आशामा हामी छौं,’ नगर प्रमुख किशोर कुमार लिम्बुले सफत ग्रहण कार्यमा भने । जनप्रतिनिधीलाई निश्चित विचार र सिद्धान्त भन्दा जनता केन्द्रीत भएर काम गर्न सबैलाई नगर प्रमुख लिम्बुले आग्रह गरेका छन् । नगर प्रमुख लिम्बुले पदभार ग्रहण संगै दोधारा चाँदनी नगरपालिकामा बितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने निर्णय गरेका छन् । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिन भित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ् । पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ् । पालिका प्रमुखहरुले शपथ लिएकाले अब अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन् । वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट जिल्लाका १० ओटै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चयन भएका छन् । शपथ लिएसंगै अब पालिका प्रमुखहरुले पद्भार ग्रहण गर्ने बाटो समेत खुलेको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी