२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेकपा माओवादीबाट तर्फबाट भीमदत्त नगरको उप मेयरका उम्मेदवार कृष्णदत्त जोशी(बोक्सर)ले आम मतदाता एव नगरबासीप्रति आभार प्रकट गरेका छन । भीमदत्त नगरको अन्तिम नजिता आउनेक्रम जारी रहेका बेला उपमेयरका उम्मेदवार जोशीले आम मतदाता एव नगरबासीमा अभार प्रकट गरेका छन । भीमदत्त नगर उप प्रमुखका उम्मेदवार बोक्सरको अभार यस्तो छ ।
सम्पुर्ण भिमदत्त नगरबासी आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी ,बुद्धिजीवी ,देश तथा विदेशमा रहेर हौसला सरसल्लाह दिनुहुने आम नेपाली दाजुभाइ ,इस्टमित्र शुभचिन्तक ,शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार सहित नमन ।
यहि मिति बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा भिमदत्त नगरपालिकाको उपमेयर पदमा मेरो उम्मेदवारी रहेको र सम्पुर्ण नगरबासी आम जनसमुदायको माया हौसला र अमुल्य मतले म उत्साहित र आभारी भएको छु ।निर्वाचन प्रक्रियामा यहाँ हरुको अमुल्य मत केही प्राबिधिक कारण ले बदर हुन गै हार बेहोर्नु परेकाको भएतापनी म उत्साहित र खुशी छु ।आगामी दिनहरुमा यहाहरु माझ यहाको सेवामा कुनै न कुनै माध्यम बाट जोडिइ रहने बाचा समेत गर्द्छु ।
साथै यश निर्वाचन मा विभिन्न राजनीतिक दलहरु बाट मित्रबत प्रतिस्पर्धामा रहनु भएका उम्मेदवार साथिहरु लाई समेत हार्दीक धन्यवाद सहित शुभकामना ब्यक्त गर्द्छु ।र निर्वाचित हुनु हुने मित्रहरू लाई हार्दीक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छु ।
अन्तमा निर्वाचन लाई निस्पक्ष रूपमा सम्पन्न गर्न अहोरात्र खटनु हुने निर्वाचन मन्डलका कर्मचारी मित्रहरु,सुरक्षा निकाय का मित्रहरू ,राजनीति दलका साथीहरू ,विभिन्न वार्डमा स्थानीय निर्वाचनमा सहभागी उम्मेदवार साथीहरू ,मेरो पार्टी नेकपा माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेतागणहरु ,पत्रकार मित्रहरु,शिक्षक कर्मचारी ,बुद्धिजीवी ,युवा,बिद्यार्थी साथीहरू ,ब्यापारी मित्रहरु तथा निर्वाचन प्रक्रियामा आर्थिक ,भौतिक,नैतिक सहयोगको लागि हार्दिक धन्यवाद सहित आगामी दिनहरूमा यहाँहरुको सल्लाह ,सुझाव अनुसार थप नया ढंगले अगाडी बढी निरन्तर समाजसेवामा रहिरहने प्रतिबद्धता ब्यक्त गर्द्छु । काँग्रेस उम्मेदवार निलम जोशी र माओवादी उम्मेदवार कृष्णदत्त जोशी(बोक्सर)विच भारी प्रतिस्पर्धा भएको छ ।हजारौँ संख्यामा बोक्सरकै मत बदर भएका छन । मत परिमााणलाई नागरिकले जनताबाट बोक्सर जितेपनि प्राविधिक कारणबाट हार बेहोर्नु परेको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी