२०८१ मंसिर ९, आईतबार
शारदा ब्यारेजको पुल २४ सै घण्टा खुलाउन माग
कञ्चनपुर:
कञ्चनपुर उद्योग वाणिज्य संघले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीलाई ज्ञापन पत्र बुझाएको छ । विद्यान सभा क्षेत्र ५५ चम्पावतको उप निर्वाचनको प्रचार प्रसारका लागि टनकपुर पुगेका मुख्यमन्त्री धामीलाई वाणिज्य संघले ज्ञापन पत्र बुझाएको हो ।
वाणिज्य संघको टिमले सोमबार एक कार्यक्तमका विच टनकपुरै भेटेर उत्तराखण्डका मुख्यमन्त्री धामीलाई पाँच बुदे माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ । नेपाल भारत जोड्ने पश्चिमी नाकामा रहेको शादरा ब्यारेज बनबासा पुल २४ सै घण्टा खुलाउन जोडदार माग गरिएको छ ।
वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले यस अघि पनि मुख्यमन्त्री धामी विधायक हुँदा दैनिक ४ घण्टाबाट ७ घण्टा खुलाउन सफल भएको बताउँदै अहिले विधायक धामी मुख्यमन्त्री भएका बेला सहज हुने भएकाले सो माग अघि सारेको बताए । वाणिज्य संघका अध्यक्ष मल्लले दोधाराचाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाका लागि भारतीय पक्षबाट समेत कनेक्टिभिटीका लागि आवश्यक पुर्वाधार निर्माण गर्नुपर्ने, गड्डाचौकी बनबासा भएर कृषि उपज आयात निर्यातका लागि क्वारेन्टाईन स्थापना गर्नुपर्ने, टनकपुर–ब्रम्हदेबसम्म धार्मिक कोरिडोकै रुपमा विकास गरेर नेपाली सवारी साधन पुर्णागिरी मन्दिर र खटिमा बजारसम्म निर्वात संचालनको व्यवस्था गरिदिन माग अघि सारेको छ ।
महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसंगै नेपालको आर्थिक विकासका लागि भारतीय व्यवसायीलाई लगानीको अवसर सृजना गराउन आब्हान गरिएको छ । भारतीय व्यवसायीलाई पनि भारतीय सुदूरपश्चिम प्रदेशमा लगानी गर्ने वातावरण सृजनाका लागि मुख्यमन्त्री कार्यालयका तर्फबाट पहल गरिदिन अनुरोध गरिएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले नेपालको आर्थिक सम्बृद्धिका लागि भारतीय पक्षबाट समेत पूर्वाधार निर्माण गरेर कनेक्टिभिटी गरिदिनुपर्ने बताए । ज्ञापन पत्र बुझ्दै भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीले नेपाल भारत रोटीबेटीको सम्बन्ध भएकाले आफ्नो तर्फबाट वाणिज्य संघले उठान गरेको विषयबारे ध्यान दिने बताए । नेपालसंग भाईचाराको सम्बन्ध राखेको बताए । यस अघि पनि वाणिज्य संघले नाका क्षेत्रको पूर्वाधार विकासका लागि पटक पटक नेपाल भारत दुवै देशका अधिकारी समक्ष घचघच्याउँदै आएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी