२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगर मावि साधारण (विद्यालय)मा यस शैक्षिकसत्र ०७९मा पनि विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालय मध्ये जिल्लाकै अब्बल गुणस्तरिय शिक्षा दिने विद्यालयमा यस बर्ष पनि विद्यार्थीको चाप बढेको हो ।
भर्नाका लागि यस बर्ष मात्रै ३ सय ४५ विद्यार्थीले मंगलबार प्रवेस परिक्षा दिएका छन । विद्यालयका प्रध्यानाध्यापक ललित सिह साउदले नियमितसंगै थप विद्यार्थी भर्नाका लागि प्रवेस परीक्षा लिएको बताए । ‘हामीले विद्यालयमा विद्यार्थीको अत्यधिक चाप बढेसंगै सीमित विद्यार्थी छनौटका लागि प्रवेस परीक्षा लिएका छौँ, ‘प्रअ साउदले भने, ‘कक्षा १देखि ९सम्म नयाँ भर्नाका लागि विद्यार्थीको ह्वात्तै चाप बढेको छ ।’
विद्यालयले यसै बर्षदेखि निजी स्रोतबाटै गरिब, विपन्न, अपाङ्ग, जेहेन्दार, द्वन्द्वपीडित, आन्दोलनमा घाईतेका सन्तानलाई पूर्ण तथा आनशिक शुल्कमा छुट गरी छात्रबृति प्रदान गरिएको समेत प्रअ साउदले बताए । ३ सय २५ विद्यार्थीले निजी स्रोतबाट छात्रबृति पाएका छन । ‘केन्द्रबाट लक्षित वर्गका विद्यार्थीलाई आउने छुट्टै छात्रबृति वितरण हुन्छ, ‘उनले भने, ‘हामीले निजी स्रोतबाट समेत वितरण गरेका छौँ ।’ ०२१मा सोही विद्यालयबाट अध्ययनरत दुई विद्यार्थीले माहात्मागान्धी छात्रवृति समेत पाएका छन । अग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठन पाठन हुने भएपछि उक्त विद्यालयमा बर्षनी विद्यार्थीको चाप बढ्दै गएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी