२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
नेकपा एमाले निकट भातृ संघ संगठनले तपसिल का माग हरु राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापनपत्र बुझाएका छन् ।
तपसिल:
१) भीमदत्त नगरपालिका वडा नं. २ महुलिया बस्ने ११ वर्षीय किशोरीलाई निर्मम यातना पछि बलात्कार गरिएको घटनालाई सत्यतथ्य छानविन गरि पिडीतलाई पुर्ण स्वास्थ्य उपचार र पिडितलाई न्याय सहितको जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने ।
२) मिति २०७५ श्रावण १० गते भीमदत्त नगरपालिका वडा नं. २ मा निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाको अहिले सम्म परमादेशबाट गठित सरकारले अनुसन्धान नगरेको हुदाँ सो घटनामा संलग्न दोषी पत्ता लगाई आवश्यक कानुनी कार्वाही गर्नु पर्ने ।
३) जनताको ढाड सेक्ने गरि पटक पटक गरिएको मुल्यवृद्धिलाई तत्काल खारेज गरि जनतालाई सरकार रहेको प्रत्याभुति गराउनु पर्ने ।
४) नेपाल कृषि प्रधान देश भएकोले किसानले सर्वसुलभ रुपमा पाउनु पर्ने वीउ विजन तथा मलखादको तत्काल व्यवस्था गर्नु पर्ने ।
५) गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुदाँ यसै आर्थिक वर्षवाट सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्नु पर्ने ।
गएको मंगलबार एमाले निकट अखिल नेपाल महिला संघ, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बालिकालाई निर्मम यातना पछि बलात्कार गरिएको घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।
देउवा नेतृत्वको सरकारले जनताको ढाडसेक्ने गरी ईन्धन लगायतमा चर्को मुल्य बृद्धि समेत फिर्ता लिन माग अघि सारेको छ । पाँच बर्ष अघि १० साउन ०७५ कञ्चनपुर उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।
निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता नलात्दै फेरी उल्टाखामकी एक नाबालिकामाथि जघन्य अपराध घटेको छ । मंगलबार मिलन टोलका ३३ बर्षिया दिनेश मालीले घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी