२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरका महिला अधिकारकर्मीले भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारको शिकार बनेकी ११ बर्षिया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग अघि सारेका छन ।
अधिकारकर्मीले बिहीबार भीमदत्त नगरका प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाउँदै बलात्कारको शिकार बनेकी ११ बर्षिया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग अघि सारेका हुन । महिला अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत्या गरेको अवस्थामा बालिकाको न्यायका लागि सरकारी निकाय गम्भिर हुनुपर्ने माग अघि सारेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको बताईन ।
उनका अनुसार पीडित बालिकाको तत्तकाल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जिवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने, समाजिक सुरक्षाको माग अघि सारिएको छ ।
पीडितको गोपनियता भङ हुने गतिबिधी भईरहेको भन्दै त्यस्ता कार्य रोक्न समेत माग अघि सारेको छ । ज्ञापन पत्र बुझ्दै मेयर बोगटी र उप मेयर निमल लेखकले पीडित बालिकाको न्यायका लागि आफ्नो तर्फबाट काम गर्ने प्रण गरेका छन ।बलात्कारीले कतै निर्मलाको जस्तै बलात्कार गरेर हत्या गर्ने अवस्थाबाट स्थानीयले घटना थाहा पाएपछि बालिका मृत्युको मुखबाट बाचिन । भने करणी गर्न खोज्नेले आत्महत्या गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी