२०८१ मंसिर ११, मंगलबार
दोधारा:
दोधारा चाँदनी नगरपालिकाले नगर क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ् । सुक्रवार बसेको दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् । सुत्केरीहरुलाई आर्थिक भार कम गर्न तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क सेवा प्रदान गर्ने निर्णय गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको उक्त निर्णय प्रति स्थानियहरु हर्षित भएका छन् । यसको साथै वडामा रहेका गर्भवती महिलाहरुलाई निशुल्क अल्ट्रसाँउण्ड संचालनमा ल्याउने र महाकाली झोलुङ्गे पुल स्थित रहेको शौचालय मर्मत गरि पुन संचालनमा ल्याउने निर्णय गरिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी