२०८१ मंसिर ९, आईतबार
तत्कालिन नेपालका प्रमुख रहेका राजा स्वर्गीय बिरेन्द्र लगायत सम्पुर्ण परिवारको हत्या भएको दिन बि.स. २०५८ साल जेठ १९ गतेको आज २१ वर्ष पूरा भएको छ । जनताले आफ्नो राजा गुमाउदाको त्यो पीर आज सम्म पनि विर्सन सकेका भने छैनन ।
राजपरिवारका सदस्यहरु राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू लगायतको सामुहिक हत्या गरिएको कालो दिनको रुपमा नेपालीहरुले आजको दिनलाई सम्झने गर्दछन ।
कंचनपुर जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजपरिवारको विभत्स हत्या गरिएको दिनलाई सम्झेर कंचनपुर जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यालयमा दीप प्रजवलन गरि र्याली सहित महेन्द्रनगरको मदनचोकमा पुगी पुनः दीप प्रजवलन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य हेलेन श्रेष्ठ, जिल्ला अध्यक्ष गजेन्द्र चन्द, जिल्ला कोषाध्यक्ष दिनेश श्रेष्ठ ,भिमदत्त नगर अध्यक्ष करन पाल लगायत जिल्लाका नेता , कार्यकर्ता लगायतको सहभागीतामा दीप प्रज्वलन कार्यक्रम मनाइएको छ ।
बि.स. २०५८ जेठ १९ गते अर्थात आज भन्दा २१ वर्ष पहिले पारिवारिक जमघटका बेला भएको घटनामा राजपरिवारका सदस्यहरुको गोली हानी हत्या भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी