२०८१ माघ १५, मंगलबार
सरकारले डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापनाको लागि यसै बर्ष देखि काम शुरु हुने गरि बजेट छुट्याइएको बेला डडेल्धुरामा फेरि स्वास्थ्य सम्बन्धी घटना भएको छ । जिल्लाको सदरमुकाम मिति २०७९/०२/१९ गतेकाे ०८:५० बजे सम्म अमरगढि न.पा. ५ तुफानडाडां जिल्ला अस्पतालमा भागेश्वर गा.पा. ५ सिराड बस्ने
प्रकाश थापा मगरकाे छाेरी बर्ष ५ काे एनुशा थापा मगरलाई गम्भिर ज्वराेआई भागेश्वर बाट उपचारकाे लागि सोही दिन ०५:०० वजे डडेल्धुरा जिल्ला अस्पतालमा पुर्याएकाे थियो र अस्पतालमा डाक्टर नभएकाे र डा. चेतराज भट्ट ०८:१० वजेमात्र अस्पतालमा पुगेकाे र बिरामी एनुशा थापामगरकाे मृत्यु शरिरलाई प्रक्रिया पुर्याउनकाे लागी डा.चेतराज भट्टले आईसियुमा राखेकाे र पिडककाे आफन्तहरु र प्रत्रकार,ज.स.पा, नेकपा एमालेका कार्यकर्ताहरुले डा. चेतराज भट्टकाे सरुवा र अस्पताल अध्यक्ष करुणाकर ओझाकाे राजिनामाकाे माग राखेका डा. चेतराज भट्ट र अध्यक्ष करुणाकर ओझाले लापर्वाही गरेकाेभन्दै कानुन अनुसार कार्वाहीकाे माग समेत राखेका छन । यसका साथै प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीकाे अध्यक्षता तथा नेपाल प्रहरीका डि.एस.पि. देबेन्द्र पालकाे उपस्थितिमा बसेकाे सर्व दलिय बैठकले तीन दिन भित्र छान बिन समिति गठन गरी दाेषी ब्यक्तीलाई कार्वाही गर्ने निर्णय समेत गरेकाे छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय