२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
चार दिन अघि बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण पछि केही स्थानीले स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन । रानाको मृत्यु भएको राती स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन ।
मृतक परिवार र आफन्तले सरकारका कर्मचारीको लार्पबाहीले गंगाको मृत्यु भएकाले नगरपालिकासंग क्षतिपूर्तिको माग अघि सारेका छन । मृतक पक्ष नगरपालिका आएका छन । मृतकका आफन्त चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । ‘खोप लगायतका गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’ गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन ।
गंगाका श्रीमान रवी मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन । स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन । गंगाको मृत्यु प्रकरण बारे स्वास्थ्य कार्यालय, भीमदत्त नगरपालिका पन्छिन खोजेका छ । उनीहरुले अहिले नै आधिकारिक जवाफ दिन नसकिने बताईरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी