२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कोरोना महामारी बिरुद्धमा बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण चर्किएको छ ।
पीडित पक्षले शुक्रबार साँझ पनि नगरपालिकामा आन्दोलन गरेका छन । पीडित पक्षसंग केही काँग्रेसका नेताहरुले काँग्रेसलाई भोट नदिएकाले नगरपालिकाबाट न्याय दिन नसकिने भन्दै अभिव्यक्ति दिएपछि पीडित झन आन्दोलनमा उत्रिएका हुन ।
स्थानीय अगुवा सायब रानाले मेयर पदम बोगटीले भीनपा २ आफ्नो वडामा व्यक्तिबाट बलात्कार गरीएकी पक्षलाई न्याय दिन हुने, यो भीमदत्त नगरकै कर्मचारीबाट भएको त्रृटिमा न्याय दिन नहुने कस्तो अचम्म भयो ।’
पीडित पक्षले म्याद सकिएको बुष्टर डोज लगाएको भन्दै स्वास्थ्यकर्मीमाथि कार्बाही, क्षतिपूर्ति र मृतकमा नाबालक छोराको न्याय दिनुपर्ने माग अघि सारेका छन । गरिब विपन्न जनतामाथि न्याय नदिएको भन्दै भीमदत्त नगरपालिकाका जनप्रतिनिधी बिरुद्धमा नाराबाजी गरिरहेका छन । उक्त प्रकरणमा केही स्थानीयले स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन । रानाको मृत्यु भएको राती स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन ।
मृतक परिवार र आफन्तले सरकारका कर्मचारीको लार्पबाहीले गंगाको मृत्यु भएकाले नगरपालिकासंग क्षतिपूर्तिको माग अघि सारेका छन । मृतक पक्ष नगरपालिका आएका छन । मृतकका आफन्त चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । ‘खोप लगायतका गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’
गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन । गंगाका श्रीमान रवी मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन । स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन । गंगाको मृत्यु प्रकरण बारे स्वास्थ्य कार्यालय, भीमदत्त नगरपालिका पन्छिन खोजेका छ । उनीहरुले अहिले नै आधिकारिक जवाफ दिन नसकिने बताईरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी