२०८१ मंसिर ११, मंगलबार
डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न गुरु योजना निर्माण गछौँ : प्रधानमन्त्री देउवा
कञ्चनपुर:
प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेश डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न गुरु योजना निर्माण गरिने बताउनुभएको छ ।
शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरेर गुरु योजना निर्माण गरिने बताउनुभएको हो ।
सुप विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले यसैबर्षदेखि विश्वविद्यालयमा चिकित्साशास्त्र संकायको शुरुवात गरिने समेत बताए ।
सरकारले विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न आवश्यक बजेट समेत व्यवस्थापन गरिएको देउवाले बताए । सुप विश्वविद्यालयले निम्न तथा मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरी उनीहरुको जिवनमा योगदान पु¥याईरहेको समेत दावि गरेका छन ।
सुप विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै प्रधानमन्त्री देउवाले प्राज्ञिक स्तर बृद्धिमा जोडदिनुभयो । मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन अर्थतन्त्रलाई तिव्र रुपान्तरण गर्न सृजनात्मक युग सुहाउँदो, वैज्ञानिक प्रविधि जनशक्ति उत्पादनमा गर्नुपर्ने आजको आवश्यकता रहेको औल्याए । व्यवसायीक र प्रविधिमैत्री शिक्षाको स्तर बृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीलाई रोक्दै स्वदेशमै स्तरिय शिक्षा दिनुपर्ने वातावरण तय गर्नुपर्ने बताए । सुप विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री पौडेलले सातै प्रदेशमा सरकार मेडिकल कलेज संचालन गरिने बताए । गेटा मेडिकल कलेजलाई कलेजकै रुपमा वा नयाँ ढङगबाट संचालनका लागि कामकाज अघि बढाउन सरकारले योजना ल्याउने समेत बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कुमाउ विश्वविद्यालयका उपकुलति प्राडा नरेन्द्र कुमार जोशीले कडा मेहनताका लागि उच्च शिक्षा प्रदान गर्नुपर्नेमा जोडदिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले विश्वविद्यालयले थप अनुसन्धान खोजमुलक शैक्षिक कार्यक्रम संचालन गर्ने बताए । उपकुलपति जोशीका अनुसार १हजार ५ सय ५८विद्यार्थी दिक्षित भएका छन । उत्कृष्ठ विद्यार्थीलाई कुलपति, उपकुलपति पदक वितरण गरिएको छ । पाँच बर्ष अघि सुप विश्वविद्यालयले प्रथम दिक्षान्त समारोह गरेको थियो । सुप विश्वविद्यालयका रजिष्ट्राचार यज्ञराज पाठकले सचालन गरेको कार्यक्रममा विश्वविद्यालयका सभाषद, पदाधिकारी, राजनीतिक दल, ससद, प्रदेश स्थानीय सरकारका पदाधिकारी, कर्मचारी, विद्यार्थी, शिक्षक अभिभावक सहितको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी