२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आगलागनीको घरनाबारे समाचार संकलन गर्न गएका पत्रकार रवि विवसमाथि प्रहरीले गरेको व्यवहार अमानविय भएको ठहर गरेको छ । सोमबार राती सडक अलकत्रा बोकेको बिस्टीब्यूटर ट्याङकरमा आगलागी भएको घटना स्थलबाट पत्रकार विवशलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको घटना बाहिरिएसंगै नेकपा बहुमत पार्टीले समेत भत्र्सना गरेको हो ।
नेकपा बहुमत पार्टी कञ्चनपुरका युवा नेता एव कार्यालय सचिव दिपेन्द्र सिह ऐरील राष्ट्रियता र जनजिविका सवालमा आवाज उठान गर्ने पत्रकार विवशलाई अमानविय र दुव्र्यवहार गर्ने पहरीलाई कार्बाहीको माग अघि सारेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको बताए । नेकपा बहुमत पार्टी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकार विवसमाथि प्रहरीले गरेको अमानविय दुव्र्यवहारको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले पत्रकार विवशमाथि गरेको दुव्र्यवहार अलोकतान्त्रिक हुने ठहर गर्दै महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रकै उपहार भएको जनाएको छ । नेकपा बहुमत पार्टी जिल्ला संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा प्रेम स्वन्त्रतामाथिको अनावश्यक हस्तक्षेप बिरुद्धमा सम्पूर्ण प्रेस जगतले नै बिरोध गर्नु जायज भएको आब्हान गर्दे अव उपरान्त यस्ता हर्कत नदोहो¥याउन प्रहरीलाई चेतावनी दिईएको छ । समाचार संकलन गर्न गएका पत्रकार विवशले प्रहरीलाई मुचुक्का बारे प्रशन सोध्दा बढि बोल्छस भन्दै राणाशासनशैलीमा पक्राउ गरि हिरासतमा पु¥याएको घटनाको राजनीतिक क्षेत्रबाट समेत बिरोध भईरहेको छ । यस अघि प्रेस, मानव अधिकार क्षेत्रबाट घटनाको भत्र्सना जाहेर गरिसकेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी