२०८१ मंसिर ११, मंगलबार
बेदकोट ६ मा जनप्रतिनिधी नै वडा कार्यालय बन्द गराउन उद्यत
कञ्चनपुर:
कञ्चनपुरको बेदकोटनगरपालिका ६ मा वडाका जनप्रतिनिधी विच बजेटको विषयमा छलफल भईरहेका बेला सो वडामा नेकपा माओवादी केन्द्रका इन्चार्ज बासुदेव भट्ट र वडा सदस्य जयदेव पन्तविचको विवादले काँग्रेसले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
माओवादी वडा इन्चार्ज भट्टले वडा सदस्य पन्तलाई कुटपिट गरेकोआरोपमा शुक्रबार बिहान तालाबन्दी गरेकाहुन । काँग्रेस वडा सभापति जयदत्त जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषिलाई कार्बाही नहुँदासम्म वडाका काम सम्पूर्ण स्थगित गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेर सेवाग्राहीको अधिकार कुण्ठित गरेका छन । तालाबन्दी गर्नमा जनप्रतिनिधी नै उद्यत रहेका छन । जनप्रतिनिधी भनेपछि राज्यको जिम्मेबार पदाधिकारी मानिन्छ, तर जनप्रतिनिधी नै उक्त घटनालाई लिएर सरकारीकार्यालयमा बन्द, हडताल एव आन्दोलन गर्न उद्यत रहेका छन । जिल्ला समन्वय समिति सदस्य रामसिह भण्डारी, जयदेव पन्त सहितका जनप्रतिनिधी एव काँग्रेस नेताकार्यकर्ताले तालाबन्दी गरेका छन । कुटपिट प्रकरणमा कानुनी उपचारको साटो वडामा तालाबन्दी हड्ताल गर्नुजस्ता गतिबिधीले जनप्रतिनिधीको नियती माथि प्रशन खडा भएको छ । कामका लागि कार्यालय पुगेका सेवाग्राहीले सत्ता साझेदारी दल माओवादीका नेतासंग भएको विवादले जनताको सेवा पाउने अधिकार कुण्डित गर्न नहुने तर्फ राखेका छन । आफुलाई पिरमर्का एव कुटपिट भएको भए प्रहरी प्रशासन,अदालतमा न्यायका लागि जाने की आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेर जनताको अधिकार खोस्ने भन्दै प्रतिप्रशन गरिरहेका छन । माओवादी केन्द्रका इन्चार्ज भट्टमाथि वडा सदस्य पन्तले कुटपिटकोआरोप लगाएपनि भट्टले भने जनप्रतिनिधीसंग विकासबारे छलफल गर्दा राजनीतिक मुद्दा बनाउन खोजिएको बताईरहेका छन । बेदकोटमा स्थानीय काँग्रेसकै सरकार छ, तर काँग्रेसकै जनप्रतिनिधी, नेताकार्यकर्ता सानोसानो निहुँ बनाएर पहिले ८ र अहिले ६मा तालाबन्दी गरेर आफ्नै पालिका सरकार बिरुद्धमा कदम चालिरहेको स्थानीयको बुझाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी