२०८१ मंसिर १०, सोमबार
बेलडाँडी:
बुधबार एक कार्यक्रमका विच गाँउ स्तरिय पूर्ण खोप समन्वय समितिले बेलडाँडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
बेलडाँडी गाँउपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले बेलडाँडी गाँउपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो । घोषणा सभाका प्रमुख अतिथि रानाले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रूपमा अघि बढेको बताउनु भयो ।
नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका बेलडाँडी गाँउपालिका नगर अध्यक्ष हरिशचन्द्र राना घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला,स्वास्थ्य स्वयसेविका र अन्य सार्वसाधारणको सहभागिता रहेको थियो ।
नगर क्षेत्र भित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई मापदण्ड अनुसार खोप दिएको पाइएकोले वडा हुँदै गाँउपालिकालाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । १ देखि ५ वडाका वडाध्यक्षलाई खोप क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी