२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका विच जिल्ला पूर्ण खोप समन्वय समितिले कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोबिन्दराज बोहराले कञ्चनपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा मन्त्रालयले थुप्रै काम गर्ने प्रतिद्धता जाहेर गरे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत बर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कामकाज अघि बढाएको बताए । बालबालिलाई दिनुपर्ने ११÷१२प्रकृतिका खोप दिईरहेको बताए । स्वास्थ्य कार्यालय प्रमुख सुनारले जिल्लाका सबै पालिकाले घोषणापछि जिल्लाले गरेको बताए ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका ८ हजार बालबालिका सबैले पाउनुपर्ने खोप पाएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख समेत रहेका जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराको अध्यक्षतामा पुर्णखोप सुुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी सहितको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी