२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐरले नरकिय जिवन विताईरहेका आरपीडितको न्यायिक पुर्नस्थापना गर्नुपर्नेमा माग अघि सारेका छन । सरकारले आफ्ना कार्यकर्ता व्यवस्थापनका लागि हरेक पटक आयोग गठन गर्ने ति आयोग मोटाउने तर, पीडितको अवस्था जस्ताको तेस्तै रहने भएकाले न्यायिक पुर्नस्थापनामा जोडदिएका छन । सरकारले पुन काँग्रेस नेता दल ब. बोहरा नेतृत्वमा मुआब्जा निर्धारणका लागि आयोग गठन गरेसंगै माओवादी युवा नेता ऐरले पीडितको हितमा काम गर्ने आयोगलाई सुझाव दिएका छन । झण्डै २१ बर्ष अगाडि २०५८ सालमा तत्कालीन देउवा सरकारले अमानविय ढंगले शुक्लाफाटा आरक्षको नाममा बिना व्यवस्थापन हजारौं दाजुभाइ , दिदिबहिनीहरुलाई तारापुर र भत्पुरी९तत्कालीन पिपलाडि गाविस र हाल शुक्लाफाटा नगरपालिका क्षेत्र० क्षेत्रबाट घरबार बिहिन बनाएर लखेट्यो । हालसम्म उहाँहरु बिभिन्न जंगल छेउमा नारकिय जिबन व्यतीत गरिराख्नुभएको छ भने उहाहरुका सन्नततिहरुले समेत स्थानीय सरकार देखि संघिय सरकारबाट पाउने आरभुत सेवाबाट बन्चित भइराखेकै छन् । यो समस्याबाट सायद कुनैपनि दलहरु र सरकार बेखबर छैनन् तर पटकपटक उहाहरुमाथि भोटको राजनीति बाहेक समस्या सामाधानबारे गम्भीर भएका छैनन् । समस्या समाधानका नाममा झण्डै ३ दर्जनजति आयोग समेत बने तर बनेका आयोगले समस्या समाधान गर्नुको साटो सम्बन्धित दलको ताबेदारी गर्ने र सेवासुविधामुखि मात्रै हुने काम बाहेक कुनै झारा टार्ने काम गरेन । यसपटक पनि गठबन्धन सरकारले चुनाबको पुर्वसन्ध्यामा काङ्ग्रेस नेता दल ब बोहराको नेतृत्वमा आरक्ष पिडित समस्या सामाधान समिति चयन गरेको छ १ यो पटक भोटको लागि मात्रै होइन उहाहरुपनि हामिसरह आम राज्यका नागरिक हुन भन्ने कुराको बोध गर्दै समस्या समाधान गरोस् १ समितिलाई हार्दिक बधाई र शुभकामना ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी