२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा अहिले आएर सबै तिर छाडा पशुचौपाया ब्यवस्थापनकै चर्चा चुलिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु छाडा पशुचौपाया ब्यवस्थापनको कलागी कस्सीएको संचार माध्यममा हेर्न पाईन्छ् । छाडा चौपाया ब्यवस्थापनको निम्ती मेयर लगाएत जनप्रतिनिधीहरु रातीको समयमा समेत ब्यवस्थापन तथा नियन्त्रणका लागि परेका छन् । बिगतका जनप्रतिनिधीहरुले छाडा पशुचौपाया ब्यवस्थापनको लागी काम नगरेको भन्ने चाही हैन् । दोधारा चाँदनी नगरपालिकाले अझै सम्म छाडा पशुचौपाया ब्यवस्थापनको लागी अल्पकालिन ब्यवस्थापनमै दिन बिताएको देखिन्छ् । दिर्घकालिन पशु चौपाया ब्यवस्थापनको लागी योजना बनेको होलान तर त्यसको कार्यान्वय भने देखिएन् । तत्कालिन दोधारा चाँदनीका मेयर बिर बहादुर सुनारको पहलमा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी जोगेन्द्र सिंह भण्डारीले छाडा पशुचौपाया ब्यवस्थापनको लागी गुरुयोजना संचालनकै क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय बाँधक बन्यो । निकुञ्ज कार्यालयले दोधारा चाँदनी नगर क्षेत्र मध्यवर्ती क्षेत्र बताउदै ईन्द्र मध्यवर्ती सामुदायिक बनमा निमार्ण हुदै गरेको बृहत आधुनिक गौशालाका भौतिक संरचनालाई भत्काउन लगायो । निजी क्षेत्रको लगानीबाट निमार्ण हुदै गरेको आधुनिक गौलाशालाई नेपाल सरकारले ब्यवस्थापन र संरक्षण गर्ननै सकिन् । त्यो दुखद बिषय मान्न सकिन्छ् । त्यस पछि दोधारा चाँदनी नगरपालिका कार्यालयले नेपालको पहाडी जिल्लामा छाडा चौपाया पठाउने काम समेत गरेको थियो । नगर क्षेत्रमा झण्डै १ हजार बढी छाडा चौपाया रहेको अवस्थामा स्थानिय किसानहरुको खेती खाएर नष्ट गर्न थालेपछि बिगतका दिनहरु देखि यो नगर क्षेत्रको ठुलो समस्याकोरुपमा देखा पर्दै गयो । छाडा पशुचौपायाले किसानहरुको खेती खान थालेपछि नगर क्षेत्रमा खाद्यान्न अभाव श्रजना हुने सम्भावना अझ प्रवल देखिदै छ् । स्थानिय निर्वाचनमा समेत छाडा पशुचौपाया ब्यवस्थापनको चुनावी मुद्धाले चर्चा पाएकै हो । दोधारा चाँदनी नगरपालिकाले लाखौं बजेट छाडा चौपाया व्यवस्थापनको नाउमा खर्चे पनि त्यसको प्रतिफल बालुवामा पानी खन्याए जस्तै भएको छ् । छाडा चौपाया व्यवस्थापन अहिले सबै तिरको जटिल समस्या देखिएको छ् । गएको जनप्रतिनिधीहरुले निर्वाचन हुदा समेत सबै उम्मेदवारले गाई गोरु व्यवस्थापनलाई पनि प्रमुख अजेन्डाका रुपमा उठाएका थिए । ब्यवस्थापनको लागी निकै अभ्यास पनि नभएको हैन् । तर विज्ञहरुले भने छाडा चौपाया व्यवस्थापनमा सरकार चुकेको बताउछन् । छाडा चौपाया समस्या नभएर आम्दानीको गतिलो स्रोत बन्न सक्ने उनीहरु तर्क गर्छन् । ‘छाडा चौपाया अहिले ठूलो आकारमा समस्याका रुपमा देखिएको छ् तर यसलाई उचित व्यवस्थापन गर्न सके आम्दानीको गतिलो स्रोत बन्छ,’ स्थानियहरु भन्छन् । किसानले गाई गोरु छाडा छोड्नुको कारण पत्ता लगाई उनीहरुलाई गाई गोरु पालनमा अनुदान दिने तथा नयाँ नीति बनाई हौसला दिने खालका कार्यक्रम ल्याउन सके आम्दानीको गतिलो स्रोत बन्ने स्थानियहरुको भनाई समेत रहेको छ् । ‘छाडा चौपाया संकलन गरी सरकारले पनि कुनै संस्था वा समूहलाई पाल्न दिई त्यहाँबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ स्थानियहरु भन्छन्– ‘गाईको पिसाब मात्रै संकलन गरी बेच्न सके पनि आम्दानी गर्न सकिन्छ् ।’ ‘हामी पतञ्जलीबाट गाईको पिसाब किनेर प्रयोग गर्छौं तर यहींका लोकल गाईको ताजा पिसाब त्यत्तिकै खेर गईरहेको छ,’ स्थानियबासी खेम बहादुर थापा भन्छन्– ‘यसलाई संकलन गरी प्रशोधन गरेर बेचे पनि राम्रो आम्दानीको स्रोत बन्छ ।’ छाडा चौपाया संकलन गरी प्रदेश स्तरमै बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर उद्योगकै रुपमा विकास गर्न सकिने दोधारा चाँदनीका स्थानिय शिक्षक तथा मानव अधिकारकर्मी श्रीनाथ बरालको भनाई रहेको छ् । ‘प्रदेश स्तरमा प्रदेश सरकार र स्थानीय तह मिलेर जंगल क्षेत्रमा ठूलो फार्म सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘दीर्घकालीन योजना बनाएर फार्म सञ्चालन गरेमा छाडा चौपाया आम्दानीको गतिलो स्रोत बन्न सक्छन् ।’ गाईको दूध तथा त्यसबाट बनेका परिकार मानव जिवनका लागि ठूलो उपयोगी भएको उनी बताउछन् । ‘दूध संगै गाईको मूत्रमा १८ वटा सूक्ष्म पौष्टिक तत्व पाईन्छ,’ शिक्षक श्रीनाथ बरालले भने, ‘बिकार तत्व नष्ट गर्ने पोटासियम, सल्फस र क्याल्सियम जस्ता तत्व गौमूत्रमा पाईन्छन्, गाईको दूध भन्दा महंगोमा मूत्र प्रशोधन गरेर बिक्री गर्न सकिन्छ् ।’ गाई फार्मबाट गोबर संकलन गरेर प्राङ्गारिक मल बनाउ सकिने र हिन्दु धर्मावलम्बीलाई बिभिन्न चाड पर्वमा गोबर बेच्न सकिने उनको भनाई छ् । गाई फार्म भएपछि किसानले पनि छाडा नछाडी फार्ममै पुर्याउन सक्छन् । जसले गर्दा किसानका बाली नाली जोगिनुका साथै छाडा चौपाया व्यवस्थापनमा ठूलो टेवा पुग्छ् । ‘हामीले गाईको महत्त्व बुझ्न नसक्दानै छाडा चौपाया समस्याका रुपमा देखिएको हो,’ शिक्षक बरालले भने, ‘यसलाई व्यवस्थित गरी आधुनिक तरिकाले गाई पालन गर्न सके गतिलो आम्दानीको स्रोत बन्छ् ।’ छाडा चौपाया समस्या नभई उचित व्यवस्थापन गर्न सके आम्दानीको स्रोत बन्न सक्ने बताए । उनले भने, ‘गुरु योजना बनाएर ठूलो क्षेत्रमा बहुउद्देश्यीय कम्पनी सञ्चालन गर्न सकिन्छ् ।’ निजी क्षेत्र संग साँझेदारी गरेर आयोजना सञ्चालन गर्न सकिने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी