२०८१ मंसिर १०, सोमबार
दोधारा:
पछिल्लो केही समययता दोधारा चाँदनी नगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ् । दोधारा चाँदनी नगरपालिकामा न्यायिक समिति गठनपश्चात् साना तिना मुद्दाहरुमा अदालत धाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको हो । न्यायिक समितिमा धेरै जसो उजुरी अंशबण्डा, जग्गा बिबाद, लेनदेन आपसी झैझगडा सम्बन्धमा आउने गरेको दोधारा चाँदनी नगरपालिकामा नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा नवनिर्वाचित आएको छोटो समयमा न्यायिक समितिमा २७ वडा बिभिन्न प्रकृतिकका मुद्धा परेका छन् । जसमध्य अधिकांश मुद्धा जग्गा बिबाद र आंशबण्डाको रहेको बताईएको छ् । दर्ता मुद्धा मध्य १४ वटा बिभिन्न प्रकृतिको मुद्धा मेलमिलापको माध्यमबाट किनारा लागिसकेको दोधारा चाँदनी नगरपालिका न्यायिक समितिका एक सदस्य कमला उपाध्यायले बताएका छन् । न्यायिक समितिमा आएका उजुरीलाई स्थानीय र जनप्रतिनिधिकै सक्रियतामा मेलमिलाप गराउने काम न्यायिक समितिले गरिहेको छ् । न्यायिक समितिले भरसक समाज र समुदायमा घटेका आन्तरिक विवादहरुलाई सम्बन्धित पक्षहरु बिच मिलाउने कार्य गर्ने गरेको न्यायिक समितिका सदस्य कमला उपाध्यायले बताए । न्यायिक समितिले मुद्दाको फैसला गर्ने, सजाय तथा जरिवाना तोक्ने कार्य नगर्ने उनले जानकारी दिए । न्यायिक समिति गठन भइपछि निकै फाइदा भएको सहजै समस्या समाधान गर्न सकेकोमा एक पीडितले खुशी व्यक्त गरे । नगर क्षेत्र भित्र पिछडिएका र पहुच नभएका स्थानियहरुलाई उनिहरुको बिबाद साम्य गर्दै आएको न्यायिक समितिले गर्दै आइरहेको र आगामी दिनहरुमा यस्ता कार्य निरन्तर रहने दोधारा चाँदनी नगरपालिका न्यायिक समितिले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी