२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलिया स्थित स्वस्तानी टोलका जहरराम लुहारको परिवारलाई विपद आईलागेको छ । नीति, निर्माता एव सडक निर्माण गरेको वडा र भ्ीमद नगरपालिकाको अकमण्र्यताले जहरलाल लुहारको परिवारलाई विपद् आईलागेको हो । दुई दशक अघि दार्चुला पहाडबाट तराई झरेका लुहारको परिवारलाई बर्षाले जहर जस्तै बनादिईएको छ । भीमदत्त नगरपालिका २महुलिया स्वस्तानी टोलदेखि महेन्द्रनगर बजार झण्डै अढाई किलोमिटर मात्रै दुरीमा रहेको बस्तीको यो दुर्दशा भएको छ । समान्य बर्षा हुँदा निकास नभएका कारण लुहारको परिवार डुवामा पर्दै आएको छ ।
गत बर्ष पुलदेखि पुर्व नहर जोड्ने कालोपत्रे सडक निर्माण गर्दा सडकले पानी थुनिदिएपछि लुहारको घर डुवानमा परेको छ । जहररामको घर अहिले पनि डुवानमा सडक निर्माण गर्दा न निकास न ढल यस्तै फर्जुलको बजेट सक्नका लागि निर्माण गरिएको कालोपत्रे सडकले लुहार परिवारलाई अभिषाप भएको छ । घर छेउमै निर्माण भएको कालोपत्रे सडकका कारण लुहार परिवारको घर सुविधा भन्दा झन बढि संकटमा परेको छ । लुहार परिवार गत बैशाखदेखि डुवानमा परेको छ । विपद पीडित जहरराम लुहारले समान्य बर्षा हुँदा निकास नभएका कारण पानी जमेर घरभित्र परिरहेको बताए । ‘समान्यबर्षात हुँदा माथिबाट बगेर आएको पानी मेरै घरमा जम्मा हुन्छ, ‘उनले भने, ‘निकास छैन, न कसैले गर्न दिन्छन, सडकदेखि घरसम्म जाँदा जलमग्न हुन्छ ।’ लुहार परिवारका बालबालिका सहित अन्य सदस्य जोखिममै दैनिक कामकाज गर्न बाध्य भएका छन । एक दिन समान्य बर्षा हुँदा हप्तादिनसम्म पानी जमेर दैनिक काम काज गर्न समस्या मात्र होईन विशालु सर्प आएर जोखिम बढाएको बताए । ‘मैले चुत्ता नलगाएको तीन महिना भईसक्यो, ‘उनले भने, ‘समान्य बर्षा हुँदा पनि घरदेखि सडकसम्म पुरै पानी भरिन्छन, बालबालिका जोखिममा परेका छन, विद्यालय जान आउन समस्या भईरहेको छ, मेरो पीडा कसले बुझिदिने ।’ वडा र भीमदत्त नगरपालिका धाउँदा धाउँदै कसले कुरा नसुनेपछि उनी हैरान भएका छन । ‘हामी गरिब पहुँच नभएका मान्छे हाम्रो पीडा कसैले सुन्दैन, ‘उनले भने, ‘विपद्का क्षेत्रमा काम गर्ने सरकारी गैर सरकारी निकायले आफुजस्तै विपद् पीडितका पीडा भन्दा पनि तारे होटलमा फर्जुल खर्च गर्दछ, हाम्रा पीडा देखेर पनि वास्ता गर्दैनन् ।’ घरको दैलोदेखि सडकसम्म पानी भरिएकाले बालबालिका सहित घर परिवार जोखिममा परेको उनले बताए । ‘यो कुनै समुद्रमा घर बनाएजस्तो भएको छ, ‘उनले भने, ‘निकासका लागि पहल गर्दा कसैले साथ दिदैनन ।’ कच्ची सडक हुुँदा सहजै निकास भएपनि पच्ची उचो सडक त्यसमा पनि बिना निकास नाला निर्माण नगर्दा लुहार परिवारको कहालिलाग्दो अवस्था सृजना भएको छ । भारी बर्षा हुँदा सबै छरछिमेकी गाँउले मज्जाले घरमा ढुक्क बस्छन, तर लुहार परिवारले सरकारी वेवास्ताका कारण विपद्को सापना गर्नु परेको छ । दलित, गरिब एव विपद पीडितको समस्याका लागि सबैले साथ दिएपनि सरकारी लार्पबाहीले सृजित समस्यामा आफ्नो परिवार संकटमा पर्दा कुनैपनि निकायबाट सहयोग नपाएको लुहार परिवारको गुनासो छ । लुहारको घरसंगै चेतराम भट्टको घर छ, भारी बर्षा हुँदा समेत भट्टको घर समेत डुवानमा पर्दै आएको छ । चेतराम भट्टले सरकारी निकायको दुरदृष्ट्री अभावका कारण उचो सडक निर्माण गरेर आफुहरुलाई संकटमा पारेको बताए । ‘न निकास न नाला यस्तै बजेट पचाउन कालोपत्रे निर्माण गरियो, ‘उनले भने, ‘आज हामीलार्ई विपद्मा पारियो ।’ भीमदत्त नगरपालिका २का वडाध्यक्ष उत्तम भट्टले सडक विस्तारमा ध्यान नदिदा उत्तरतर्फका केही घर डुवानमा परिरहेको बताए । उनले उक्त समस्यालाई लिएर निकास गर्न खोज्दा सडक दक्षिण तर्फका केही मानिसले अवरोध गरेर निकास गर्न नदिएको बताए । ‘यो समस्याका विषयमा मैले नगर विपद् समितिमा समस्या पत्र नै लेखेर निकासका लागि पहल गरेको छु, ‘उनले भने, ‘कसैले चासो नै दिएन, एउटा छिमेकी मर्दा अरु छिमेकीले मानविय हिसाबले पनि पानी निकास गर्न दिनुपर्छ ।’चालु बर्षकै दिर्घकालिन निकास गरिने अध्यक्ष भट्टले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी