२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुरका आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम दिईएको छ । महिला शसक्तिकरण नेपालले आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम लिईएको हो । बेलौरी, पुनर्वास र भीमदत्त नगरका आदिवासी महिला जनप्रतिनिधीलार्ई तालिम लिएको महिला शसक्तिकरण नेपालले जनाएको छ ।
महिला शसक्तिकरण नेपालका अध्यक्ष रश्मिला प्रजापतिले महिला जनप्रतिनिधीको कानुनी अधिकार एव राजनीतिक पैरवीका विषयमा तालिम दिएको बताए । बेलौरी, पुनर्वासमा महिला अगुवा पुर्णा गुरुङ्ग, लक्ष्मी श्रेष्ठ र महिला शसक्तिकरण नेपालका अध्यक्ष रश्मी प्रजापतिले भीमदत्तमा प्रशिक्षण दिएका थिए ।
कञ्चनपुरका आदिवासी अगुवा नेता विकास श्रेष्ठले आदिवासी जनजाती महिलाको क्षमता अभिबृद्धि एव अधिकार बारे दिएको तालिम व्यवहारिक कार्यान्वन गर्दै सेवा दिनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले तालिमबाट काममा थप उर्जा मिलेको बताईन । उनले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गर्ने बताईन । तीनै पालिकामा संचालित तालिममा झण्डै एकसयकै हाराहारीमा महिलाले तालिम लिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी