२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको देखतभूली गाँउबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन । गयराती प्रहरीको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूली निरन्जन मल्लको धानबारीमा लुकाई रहेको अवस्थामा चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले विशेष सुचनाका आधारमा ईप्रका झलारीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहको नेतृत्वमा ईप्रका झलारी सहित, सुदूरपश्चिम प्रदेश कार्यालय, र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चितुवाको छाला बरामद गरेको बताए ।
चितुवाका दुई छाला बरामदकासाथै उक्त गैर कानुनी काममा संलग्न भएका एक महिला सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता शाहले ८ फिट ४ इन्र्च लम्बाई, ३ फिट चौडाई र ७ फिट २ इन्च लम्बार्ई र २ फिट चौडाईका दुई थान छाला बरामद गरिएको बताए । चितुवाको छाला तस्करीमा डडेल्धुरा अमगढी नगरपालिका काँडेकी ४० बर्षिया मालती मल्ल(सेट्टी) र सोही गाँउका २९ बर्षिया मोहन सार्की पक्राउ गरेका छन । मालती मल्ल आफ्नो माईती घर देखतभुतली बस्दै आएका छिन । डडेल्धुराबाट कञ्चनपुर हुँदै भारत तस्करीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले मुख्य तस्करसम्म पुग्नका लागि थप अनुसन्धान भईरहेको जनाएको छ ।
गैर कानुनी कामबाट नाजाय फाईदा उठाउने प्रपञ्च रचेर बन्यजन्तु मार्दै तस्करी गर्ने बन्यजन्तु तस्कर समुहको सपना प्रहरीले चनाचुर बनाईदिएको छ । ‘यसको गिरोह ठुलो हुन्छ, ‘प्रवक्ता शाहले भने, ‘त्यहाँसम्म पुग्नका लागि हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले चितुवाको छाला सहित पक्राउ परेका दुवैलाई डिभिजन वनमा बुझाउने छ ।
६ बर्ष अघि तत्तकालिन आरआईटी सुदूरपश्चिमको नेतृत्व गरेका प्रहरी नायब निरीक्षक (हाल, प्रहरी निरीक्षक)बिरेन्द्र जोहारी नेतृत्वमा बन्यजन्तुका तस्कर तह लगाएका थिए । प्रहरीले कञ्चनपुरमा बर्षौँपछि बन्यजन्तुका तस्करमाथि एक्सन गरेको छ । उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन अन्र्तरगत कार्बाही हुनेछ । खुलेयाम तस्कर समुहले बन्यजन्तुको शिकार गर्दा समेत कैलाली कञ्चनपुरमा वन संरक्षणमा जुटेका सरकारी गैर सरकारी कार्यालय निकायमाथि चुनौती थपिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी