२०८१ मंसिर १०, सोमबार
दोधारा:
दोधारा चाँदनी नगरपालिकाको टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेका कृषी बिकास बैक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंक, जनप्रतिनिधी, नगरपालिकाका कर्मचारीहरुले टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयमा सामाजिक सुरक्षा बितरण कार्यमा आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु आफै पुगेर बितरण कार्यको अनुगमन गरेका छन् । बितरण कार्यलाई अझै प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
भत्ता बितरणमा कुनै समस्या परे सिधै आफुलाई सम्पर्क गर्न समेत मेयर लिम्बुले बताएका छन् । अपांग, बिरामी तथा अशक्तहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था गरिएको मेयर लिम्बुले बताएका छन् । वृद्ध वृद्धा तथा अपांगता भएका नागरिकहरुको सहजताका लागि बैंक संग सहकार्य गरेर टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । बिगतका दिनहरुमा बैंकमा लामो लाईनमा दिनभरी बसेर सामाजिक सुरक्षा भत्ता लिन अपांग र बृद्ध बृद्धाहरुलाई सास्ती भएको भन्दै उनिहरुलाई केही राहत पुगोस् भन्ने उद्धेश्यले टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने दोधारा चाँदनी नगरपालिकाले निर्णय गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रतिनिधी, बैंकका प्रतिनिधी, नगरपालिकाका कर्मचारी, स्थानिय ब्यक्तीहरु खटिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयरले टोल बस्तीमा गएर भत्ता दिने निर्णय गरे संगै स्थानियहरुमा खुशी छाएको छ् । दोधारा चाँदनी नगरपालिकाको टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता दिने निर्णय स्वागत योग्य भन्दै जनप्रतिनिधीहरुको प्रशंसा गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले केही दिन अघि मात्रै कृषी बिकास बैक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंकहरुका शाखा प्रमुख, तथा नगरपालिकाका कर्मचारीहरु संग टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने छलफल गरेका थिए । कृषी बिकास बैंकमा कर्मचारीको अभाव भएको बताउदै यस पल्टको लागी मात्र बैंकमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनाएको छ् । दोधारा चाँदनीको टोल बस्तीमा गएर भत्ता वितरण गर्ने कार्य प्रशंसनिय रहेको स्थानियबासी बिनोद चौधरीले बताएका छन् । ‘नगर सरकारले सामाजिक सुरक्षा भत्ता बितरणको सन्दर्भमा सहि तथा समयसापेक्ष निर्णय गरेको छ्’ स्थानियबासी बिनोद चौधरीले भने । स्थानिय तहको निर्वाचनका बेलामा जनताका बिचमा गरेका बाँचा कबुलहरुको आधारमा सामाजिक सुरक्षा भत्ता बितरणलाई प्रभावकारी र सहज बनाउदै लग्ने दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी