२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
दाउरामा निर्भर विपन्न घर परिवारलाई ग्याँस चुलो सेट वितरण गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्र्तरगत कालिकिच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले बेलडाँडीका विपन्न नागरिकलाई ग्याँस चुलो सेट वितरण गरेको हो । खाना पकाउन(ईन्धन)का लागि वनमा आश्रित विपन्न परिवारलाई ग्याँस चुलो सहित सेट वितरण गरिएको कालिकिच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले जनाएको छ । कालिकिच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले वन पर्यावरण संरक्षण गर्ने उदेश्यका साथ चुलो वितरण गरिएको बताए । अध्यक्ष थापाले निकुञ्ज क्षेत्र किनार बेलडाँडीका २५ विपन्न परिवारलाई ग्याँस चुलो सेट वितरण गरिएको बताए । निःशुल्क ग्याँसे चुलो सेट पाएपछि स्थानीय विपन्न किसान हर्षित भएका छन । गत आर्थिक बर्षमा कालिकिच उपभोक्ता समितिले निकुञ्ज संरक्षणका लागि विपन्न नागरिकलाई निःशुल्क ग्याँससेट वितरणका साथै संरक्षणका अन्य कामकाज समेत गरेको छ । ‘हामीले विपन्न नागरिकलाई ग्याँस चुलोसेट सहित मानव र वन्यजन्तुद्वन्द्व न्यूनिकरणका लागि अन्य काम समेत गरेका छौँ, ‘उनले भने, ‘निकुञ्ज किनार मानवबस्तीसंगै सोलार जडान र तारजाली समेत लगाएका छौँ ।’ निकुञ्ज बस्ती किनार क्षेत्रका किसानको खेतबाली संरक्षणका लागि झण्डै साढे चारसय मिटर तारजाली(मेसवायर) र ११ स्थानमा सोलारबत्ती जडान गरिएको कालिकिच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । तालजारीबाट समान्य जनावर बस्तीमा नपस्ने र उज्यालो देखेपछि ठुला जनावर पनि बस्ती नपस्दा संरक्षणमा टेवा पुग्ने अध्यक्ष थापाले बताए । ‘हामीले समितिले भ्याए र माथिबाटआएका कार्यक्रम अनुरुप फिल्डमा पनि गरेका छौँ, ‘उनले भने, ‘मानव र बन्यजन्तुको द्वन्द्व न्यूनिकरण गर्दै एकातिर मानविय जिवनस्तरबृद्धि अर्कातिर वन पर्यावरण र बन्यजन्तुको संरक्षण गर्नुपर्छ ।’ आगामी दिनमा समेत स्थानीयलाई साथमै लिएर संरक्षणका कामकाज अघि बढाउने अध्यक्ष थापाले योजना रहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी