२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
महेन्द्रनगर राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरका उपाध्यक्ष पुस्कर नाथको फेसबुक ह्याक भएको छ ह्याकरले उनको फेसबुकबाट अनावश्यक म्यासेज तथा भिडियोहरु पठाइरहेको छ ।
फेसबुकमा आएका म्यासेजको प्रतिक्रिया नदिन नाथले आग्रह गरेका छन् ‘मेरो फेसबुक आइडी ह्याक गरिएको छ, आइडीबाट ह्याकरले साथीहरुलाई अश्लिल भिडियो, फोटोहरु र म्यासेज पठाइरहेको जानकारी पाएको छु,’ उनले भने, ‘यसबारेमा प्रहरीमा पनि जानकारी गराएको छु ।’
यसरी भयो आइडी ह्याक
बिहीबार साँझ व्हाट्सएपमा उनलाई म्यासेज आउँछ भारतीय नम्बर ८९३०३१२५५६ बाट व्हाट्सएपमा आएको म्यासेजको उनले कुनै प्रतिक्रिया दिदैनन् । त्यसपछि भारतीय नम्बरबाटै व्हाट्सएपमा कल आउँछ, त्यसपछि पुस्करले फोन उठाए
‘सुरुमा व्हाट्सएपमा म्यासेज आएको थियो, त्यसको कुनै प्रतिक्रिया दिएन्, फेरी कल आएपछि फोन उठाए,’ उनले भने, ‘कोही बोलेन, क्यामेरा छोपेको थियो, ७ सेकेण्ड जति कल भयो, केही समयपछि अश्लिल जति कल भयो, केही समयपछि अश्लिल भिडियो बनाएर पठायो ।’ अश्लिल भिडियो पठाएर उनीसँग ह्याकरले ४ हजार ९ सय ९९ रुपैयाँ माग गरेको छ । यसअघि पनि दोधाराका एक जना काङ्ग्रेस कार्यकर्ता र महेन्द्रनगरका व्यापारीलाई पनि यस्तै तरिकाको अश्लील भिडियो बनाएर ठग्ने प्रयास गरिएको थियो । यस्तो भ्रममा नपर्न र यसबारे कानुनी प्रक्रियामा जाने नाथले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी