२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर
समाजका लागि विध्वङसात्मक बस्तु लागु औषध नियन्त्रणका लागि सरोकारवाला पक्षले प्रतिबद्धाता जाहेर गरेका छन । बुधबार बेदकोट नगरपालिकाले आयोजना गरेको लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागि सरोकारवाला पक्षले लागु औषध नियन्त्रणमा प्रतिबद्धता जाहेर गरेका छन । सरोकावाला निकायले लागु औषधका कारण समाजमा अराजकता फैलिएको भन्दै नियन्त्रणका जोड समेत दिएका छन । लागु औषध नियन्त्रणका लागि सबै सरोकारवाला पक्ष घर परिवारदेखि विद्यालय सबै सरकारी निकाय कियाशिल हुनुपर्ने बताएका छन । कार्यक्तममा शिक्षक प्रमानन्द जोशीले विद्यालय स्तरमा नैतिक शिक्षाको पाठ्यक्रम लागु गर्नुपर्नेमा जोडदिए । अधिवक्ता त्रिपुरेश्वरी विष्टले लागु औषध नियन्त्रणको विकल्प नभएको बताईन । ‘लागु औषधका घटना अहिले ह्वात्तै बढेका छन, ‘अधिवक्ता विष्टले भनिन, ‘लागु औषधले एक पुस्ता नै सखाप पार्न थाल्यो, यस विषयमा सरोकारवाला निकाय समयमै गम्भिर हुनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले लागु औषध ओसारपोसार, कारोबार एव सेवनकर्तालाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले लागु औषध नियन्त्रणदेखि निदान र कार्बाहीका लागि प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्तममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले राजनीतिक दल, जनप्रतिनिधीले भोटको लोभले लागु औषधका तस्कर बचाउन नहुने बताए । जिसस प्रमुख बोहराले सबै पालिकाले पाँच बर्षको अवधिमा लागु औषध नियन्त्रणका लागि सेल नै गठन गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी बेदकोट नगरकी उप प्रमुख तुलसी जोशीले समाज बिगार्ने तत्वको निर्मुल पार्नका लागि समाजका सबै तह तप्का तथा जिम्मेबार निकाय अग्रसर हुनुपर्ने बतार्ईन । लागु औषध नियन्त्रणका लागि नगरपालिकाका तर्फबाट आफुले पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै अन्य सरोकारवाला निकायले समेत जाहेर गर्नुपर्ने बताईन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी