२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव कञ्चनपुर सदरमुकाममा परेको छैन ।
सदरमुकाम महेन्द्रनगर बजारका अधिकांस पसलहरु खुल्ला रहेका छन । बन्दकर्ताले बजार क्षेत्रमा केही पसल आफैंले बन्द गराए पनि केही बेरमै बजार खुलेको छ ।
कञ्चनपुरबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी ठप्प हुन पुगेको छ । सार्वजनिक सवारी वसपार्क, राजमार्ग किनार पार्किङ्ग गरिएका छन् । राजमार्गमा मोटरसाइकल, साइकल र अटो मात्रै सञ्चालन गरिएका छन् । बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग व्यवसायी लगायतका क्षेत्रमा प्रभाव परेको छ । सार्वजनिक सवारी साधन बन्दका कारण मजदुरी गरेर भारतबाट फर्किएकाहरु बसपार्क, गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेका छन ।
सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले नेपाल बन्दलाई समर्थन गरेका हुन् ।
कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तिन जना नेता पक्राउ परेका छन् । मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बन्दकर्ताले बिना कारण शान्तिपुर्ण बन्दका क्रममा पक्राउ गरेको भन्दै प्रहरीको भत्र्सना गरेको छ । गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने नेकपा विप्लव कञ्चनपुरका नेता राजेन्द्र विष्ट(परिर्वतन)ले बताए । यस्तैे प्रहरीले जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै पक्राउ गरेको जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी