२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर
नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश पूर्व अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) पूर्व सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक संजालमा भनेका छन ’२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पु¥यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ। बिगत ५÷६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु ।’ उनले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘राष्ट्रघाती’ एमसीसी सम्झौता पास गर्नमा उनी आवद्ध पार्टी एकीकृत समाजवादीले पनि समर्थन गरेपछि रुष्ट बनेका शाही केही समययता पार्टीका काममा सक्रिय थिएनन् । शाहीलाई एकीकृत समाजवादीको केन्द्रीय कमिटीले प्रदेश अध्यक्षको जिम्मेवारी खोसेर उपाध्यक्ष रहेका हर्क बहादुर सिंहलाई प्रदेश अध्यक्ष बनाएको थियो ।
शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए ।
उता पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । प्रवक्ता खतिवडाले आफूहरूले गत वर्ष नेकपा एमाले बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको दिनलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको बताए ।
प्रवक्ता खतिवडाका अनुसार पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको छ । २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको प्रवक्ता खतिवडाको भनाइ छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी