२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर :
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७५ वर्षमाथीका जेष्ठ नागरिकलाई घरमै गएर निःशूल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । भीमद्यत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरबाट स्वास्थ्य परीक्षण थालिएको वडाध्यक्ष मदनराज मिश्रले बताए । शुक्रबार भीमदत्त नगरपालिका–८ स्थित भानुटोलबाट नगरपालिकाले ७५ वर्षमाथीका जेष्ठ नागरिकको निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गर्न शुरु गरेको हो ।
वडाध्यक्ष मिश्रले नगरप्रमुख लगायत आफुहरुले निर्वाचनमा गरिएको प्रतिवद्धता अनुरुप वडा नम्बर ८ बाट ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा निशुल्क आधारभुत स्वास्थ्य परिक्षण सुरु गरिएको बताए । घरमै निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गराउन पाउँदा धेरै खुशी लागेको भानु टोलका ७६ वर्षिया विस्ना बुडालले बताइन् । उनले भनिन् ‘घर आगनमा आएर नगरपालिकाले यसरी स्वास्थ्य जाँच गरिरहेको छ धेरै खुशी लागेको छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी