२०८१ मंसिर ८, शनिबार
महेन्द्रजगर । नेकपा एमाले कञ्चनपुरका नेता तथा बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश प्रशाद उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेशका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गरेका उपाध्यायलाई लेवि हिनामिना तथा स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लागेको छ ।
नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य तथा बेलडाँडी सह ईन्चार्ज अक्कब विष्टले माओवादी प्रवेश गरेका उपाध्यायले जनप्रतिनिधिको लेवि हिनामिना तथा पार्टीमा अन्तरघात गरेको आरोप लगाए ।
उनले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपाध्यायले अन्र्तरघात गरेको दावि गरे । साथै अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको एक लाख २० हजार लेवि पनि नेता उपाध्यायले हिनामिना गरेको समेत उनको आरोप छ ।
‘उनी(उपाध्याय) आफै बेलडाँडीको ईन्चार्ज हुनुहन्थ्यो, पार्टीमा रहदाँ जिम्मेवारी पनि निर्वाह गरेन् ।’ नेता विष्टले भने ‘गत स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर विपक्षी उम्मेदवारलाई जिताए, जनप्रतिनिधिबाट लेवि उठाएर त्यसको हिनामिना पनि गरेका छन्, ।’ विष्ट गत निर्वाचनमा एमालेबाट बेलडाँडी गाउँपालिकाका अध्यक्षका उम्मेदवार थिए । उनि नेपाली कांग्रेसका हरिश चन्द्र रानासँग पराजित भएका हुन् ।
नेकपा एमाले कञ्चनपुर सचिवालय सदस्य तथा बेलडाँडी इन्चार्ज रहेका उपाध्याय लामो समयदेखि एमालेमा आवद्ध थिए । उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी प्रवेश गराएका हुन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी