२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
पछिल्ला बर्षहरुमा कञ्चनपुरमा जंगली हात्तीको आतङ्क चलिरहेको छ । जिल्लाका ग्रामिण जंगली बस्ती छेउछाउ नजिक रहेका बस्तीमा आतङ्ग मच्चाईरहेको जंगली हात्तीको बथानले दैजी बेलडाँडी सडकखण्डमा समेत तडकभडक मच्चाएको छ । दिउँसै दैजी बेलडाँडी हुलाकी सडकमा जंगली हात्तीले मुभमेन्ट चलाएपछि नागरिक त्रसित भईरहेका छन । बेदकोट नगरपालिका १० चतहरी दैजीदेखि बेलडाँडी गाँउपालिका २ कालिकिच झण्डै १५ किलोमिटर जंगल क्षेत्रमा जंगली हात्तीले मुभमेन्ट बढाएको छ । उक्त हुलाकी सडक खण्डमा जंगली हात्तीले ताण्डव मच्चाएको छ । दिउँसै सडकमा आवत जावत लम्पसारदेखि नहर छेउमा रहेको पटेरामा लुकामारी खेल्दै हात्तीले यात्रुलाई समेत अवरोधदेखि त्रसित पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएकाले एकतिर यात्रुका लागि निकुञ्ज प्रशासनको अनावश्यक दुख दिने नियतले कडाई, त्यसमाथि सडककै छेउछाउमा पोथ्रा, कटेहरोले यात्रुलाई दायाँ र बाँया दुवै दिशाबाट जोखिम छ । मुखनिरै कुनै सानो ठुलो जनावर आएको नदेखिने गरी झाँडीले यात्रु जोखिममा पर्दै आएका छन । तर, देशका तीन तीन सरकार छन । कुनैपनि सरकारले यात्रुको सुरक्षालाई चासो समेत दिएको छैन । स्थानीय, प्रदेश र संघीय तीन÷तीन सरकार हुँदा समेत समान्य हात्तीको गतिबिधीले मानविय भौतिक क्षति पु¥याउन सक्ने भएपनि सडक सफाईमा ध्यान दिन नसकेको छैन । कम्तिमा हुलाकी सडक दाया बाँया छाडी सफाई गर्दा समेत यात्रुले टाडैबाट जंगली जनावर देखेर सावधानी अपनाउने भएपनि रतीभर चासो नदेखाएको पाईन्छ । स्थानीयले दैजी बेलडाँडी जंगल क्षेत्रको हुलाकी सडक दायाँबाया झाँडी सफाई गरिदिदा मात्रै कम्तिमा नागरिक सुरक्षित हुने भन्दै झाँडी सफाईका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष माग गरेका छन । उक्त सडकमा नियमित यात्रा गर्दै आएका बेलडाँडीका स्थानीय युवा दिपेन्द्र सिह धामीले मुलुकमा तीन तीन सरकार हुँदा समेत सरकारलाई नागरिकको सुरक्षाको कुनै चिन्ता र चासो नदिएको बताए । ‘देशका तीन सरकार छन, यो सडक उस्तै पनि आधा कच्ची छ, एकातिर सडक जोखिम अर्कातिर जंगली जनावरको जोखिम बढिरहेको छ, ‘उनले भने, ‘चुनावका बेला भोट माग्न आउने नेताले जनताका पिर मर्का समेत बुझ्नुपर्छ ।’ अर्का यात्रु तथा स्थानीय रमेश विष्टले निकुञ्ज भित्र रहेको सडकमा जंगली जनावर हात्ती, बाघ, गैडाको आक्र्रमण रोक्नका सडक बन्यजन्तुमयी संरक्षण निर्माणदेखि सडक सफाईमा जोडदिए । ‘सडककै छेउसम्म जंगल छ, झाँडीले सडक नै छोपिएको छ, ‘मानिसको मुखैनिर जनावर आएको थाहै हुदैन, कम्तीमा झाडी त सफाई हुनुपर्छ ।’ उनले नहर पश्चिम र सडक पुर्वतर्फको झाँडी, खर हटाउँदा समेत नागरिक जंगली जनावरबाट बाँच्न सकिने भएपनि निकुञ्ज प्रशासन, सिँचाई स्थानीय सरकार र अन्य प्रदेशका सरकारी निकायलाई त्यसमा ध्यान नदिएको बताए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले हात्तीबाट बाँच्नका लागि नहर छेउछाउमा रहेको झाँडी हटाउनका लागि पालिकाले महाकाली सिँचाई व्यवस्थापन गर्न अनुरोध गर्दा समेत वेवास्ता गरेको बताए । ‘हामीले जंगली जनावरबाट मानिसकको सुरक्षाका लागि सिँचाईसंग नहर छेउछाउका बिरुवा हटाउन भनेका छौँ, ‘उनले भने, ‘होईन भने हामी आफै हटाउँछौँ ।’ महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका महासचिव दरशथ भण्डारीले चालु नयाा बजेट आएपछि नहर क्षेत्रका रहेको झाँडी हटाईने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले निकुञ्ज प्रशासनले हात्ती सहितका जंगली जनावरबाट हुने मानविय क्षति रोक्नका लागि प्रयास गरेको बताए । उक्त दैजी बेलडाँडी सडकखण्डमा समेत झाँडी सफाईका लागि सम्बन्धीत कार्यालय सिँचाई वा सडकबाट पत्र लिएर अनुमती मागे दिने बताए । ‘हामीसंग झाँडी सफाईका लागि अनुमती माग्दैन्न, बाहिर के के बोल्छन, ‘उनले भने, ‘सडक सफाईका लागि हामी अनुमती दिन्छौँ, सम्बन्धीत निकायले कार्यालयमा आउनुप¥यो ।’ ०७९ बैशादेखि भदौँ तेस्रो सातासम्म पाँच महिनाको अवधिमा जंगली हातीको आक्र्रंमणमा परेर कञ्चनपुर बेदकोट १ रडाहकी एक महिललाई घाईते, शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी अर्की महिलाको मृत्यु, बेलडाँडी गाँउपालिका २ का एक स्थानीयको घर भत्काएको छ । भने बिगौँ जमिनको अन्नबाली नष्ट गरिदिएको छ । हात्ती नियन्त्रणका लागि कागजी प्रयास भाषणा, छलफल, अन्तरकृया बाहेक अन्य केही प्रभावकारी प्रयास भएका देखिएका छैनन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी