२०८१ मंसिर १०, सोमबार
पछिल्लो समय नेपालको राजनितीमा समेत नौलो आयाम थपिएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा पार्टी भन्दा काम गर्न सक्ने उम्मेदवारलाई मतदाताहरुले मत दिने प्रचलनको विकास देखिए सङ्गै राजनितिक दलहरुले समेत समाजमा प्रतिष्ठित तथा समाजसेवी व्यक्तीत्वहरु लाई पार्टीबाट टिकट दिन थालेका छन । पछिल्लो स्थानिय निर्वाचनमा देशकै राजधानीमा अवस्थित नगरपालिकामा समेत देशका कयौ मुख्य स्थानिय तहमा जनताले पार्टी नहेरी योग्य व्यक्ती हेरी मतदान गरेको पाइएको थियो । कंचनपुरमा समेत नेपाली कांग्रेस कञ्चनपुरले एन डि भट्टलाई प्रदेशसभा क्षेत्र नं. ३ (क) को समानुपातिकका लागि सिफिरिस गरेको छ । भट्ट लामो समयदेखी समाजलाई सकारात्मक बाटोमा लैजानु पर्ने , समाजमा शिक्षाको बिकाश हुनुपर्ने , वास्तविक किशानले कृषि कर्जा देखि अनुदान प्राप्त गर्नु पर्ने तर्कहरु राख्दै आएका पाइन्छन । नेपाली काङ्ग्रेस भित्र दिग्गज तथा पुरानो नेताको रुपमा चिनिने भट्ट बि.स. २०२८ सालबाट नेपाली काङ्ग्रेसमा कृयाशिल सदस्यको रुपमा रही पार्टीलाई योगदान समेत दिएको पाइन्छ । हाल नेपाल ट्रेड युनियन कांग्रेसकाे सल्लाकारका रूपमा पार्टीमा काम गरिरहेका भट्टले नेपाल निवृत शिक्षक संघका जिल्ला अध्यक्षकाे जिम्मेवारी समेत समालिरहेका छन् । २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर ३ बाट संघमा पुर्वमन्त्री रमेश लेखकसंगै आफ्नो पनि दाबी प्रस्तुत गरेका भट्टले पार्टीको निर्णय सिरोधार्य गर्दै आफुले पार्टीको निर्णयलाई सम्मान गरि पार्टीबाट दिएको जिम्मेवारी र अवसरमा आफू पार्टीलाई कहिले पनि पछाडी पर्न नदिने समेत बताउछन । तत्कालीन राजतन्त्रको समयमा समेत उहाँले शिक्षक संघको जिल्ला अध्यक्ष रही शिक्षकहरुको हकहित तथा जिल्लामा शिक्षाको स्तर उन्नतीको लागी विभिन्न तहहरु सङ्ग लडदै जिल्ला लाई शिक्षाको पहुच र शिक्षकका समस्या न्यूनीकरणमा प्रमुख भुमिकामा रहेका थिए । भट्टको उम्मेदवारीले स्थानियहरु समेत निर्वाचनमा नेतृत्व तहले असल उम्मेदवारको सिफारिस गरेको र उम्मेदवारीको टिकटमा समेत भट्ट भन्दा असल नेतृत्व यस क्षेत्रमै नभएको बताउछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी