२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको शुक्लाफाँटा स्थानीय सरकारले एक सय दिनमा गरेका कामकाज सार्वजनिक गरेको छ । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधीले एक सय दिनमा गरेका कामकाज सार्वजनिक गरेको हो ।
सोमबार पत्रकार सम्मेलन मार्फत शुक्लाफाँटा नगरका जनप्रतिनिधीले कामकाज सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा शुक्लाफाँटा नगरकी उप प्रमुख कमला पन्तले स्वागत मन्तव्य राख्दै नयाँ जनप्रतिनिधीले थुप्रै विषय अघि सारेको बताईन । एक सय दिनको अवधिमा गरेका कामकाज बारे प्रतिवेदन प्रस्तुत गर्दै शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले थुप्रै कामकाज भएको बताए ।
मेयर ऐरले भूमि व्यवस्थापन, पूर्वाधार, कृषि, पशु, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, न्याय निरुपण, आन्तरिक आय, वन वातावरण तथा विपद् व्यवस्थापन सहित संस्थागत विकासका थुप्रै कामकाज अघि बढेको बताए ।
मेयर महराले थुप्रै महत्वपूर्ण योजना अघि बढेको बताए । ‘नगरका महत्वपूर्ण योजना अघि बढेका छन, ‘मेयर ऐरले भने, ‘यस अघि लथालिङ अवस्थामा रहेको एडिबीको कामकाज शुरु भईसकेको छ ।’
मेयर ऐरले शुक्लाफाँटा नगरपालिका ९बाट नापी कार्य शुरु भएको बताए । स्थगित क्षेत्रीय शहरी विकास आयोजनाको कामकाज समेत अघि बढेको बताए । नगरका गौरबका योजना बसपार्क, कोल्ड स्टोर, कभर्ड हल, चक्र्रपथलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए ।
कृषि र पशु पालनका लागि संघीय प्रदेशका मन्त्रालयसंग सहकार्य गरेर टुबेल जडान,देखि बिउबिजनका कार्यक्रम अघि बढाईएको मेयर महराले बताए । ‘कृषिमा गत बर्ष भन्दा सत प्रतिशत बजेट बृद्धि भएको छ, ‘मेयर महराले भने, ‘यस बर्ष पशु चिकित्सक र कृषि अधिकृत नियुक्तका लागि आवश्यक निर्माण गरी कार्यान्वयनको चरणमा छौँ ।’
नगरको पर्यटन प्रर्बद्धनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पुर्वीद्वार संचालन आवश्यक निर्णय गरेर अघि बढार्ईको छ ।
स्वास्थ्य तर्फ पिपलाडी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त गरेर चिकित्साकीय सेवाका साथै अन्य स्वास्थ्य सेवा शुरु गरिएका छन ।
सामुदायिक विद्यालयको बृद्धि विकासका लागि नगर शिक्षा आयोग गठन कार्य अघि बढेको छ । चालु आर्थिक बर्षदेखि नगर भित्र रहेका गरिब, आर्थिक रुपमा विपन्न जेहेन्दार दुई जना विद्यार्थीका लागि ईन्जिजियर र चिकित्सा शिक्षा अध्ययनका लागि छात्रबृतिको व्यवस्था गरिएको छ । ‘रोजगारी, न्याय निरुपण, वन वातावरण तथा विपद् व्यवस्थापनका कामकाज अघि बढाईएका छन, ‘मेयर महराले भने, ‘न्याय समितिमा परेका ९मुद्दा मध्ये ६ मुद्दा मिलापत्र गरिएका छन ।’
संस्थागत तर्फ समेत थुप्रै योजना अघि सारिएको मेयर महराले बताए । ‘हामिले आन्तरिक आय तर्फ नदीखोलाको रोयल्टी संकलन गर्ने काम अघि बढाएका छौँ, ‘मेयर महराले भने, ‘यस बर्षदेखि करको दायरा बृद्धि भएको छ, तर करमा बृद्धि गरिएको छैन ।’ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा आएसंगै नगरको विकासका लागि थुप्रै योजना संचालन भएसंगै नागरिकले समेत सुविधा पाएको महसुस गर्ने बताए । सयदिनका कामकाज सार्वजनिक कार्यक्तमको संचालन शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र प्रशाद भट्टले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी