२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
सुदूरपश्चिम प्रदेश दार्चुलाको लटिनाथ नमुना माध्यामिक विद्यालय देशभरीकै सामुदायिक विद्यालय मध्ये १०औँ नम्बरमा छनौट भएको छ । दार्चुला लेकम गाँउपालिका ५ चन्दनपुर चौपातामा रहेको लटिनाथ नमुना माध्यामिक विद्यालय देशभरीकै सामुदायिक विद्यालय मध्ये १० औँ नम्बरमा छनौट भएको हो ।
संघीय शिक्षा तथा प्रविधि मन्त्रालय अन्र्तरगत गुणस्तर प्रशिक्षण केन्द्रले देशभरकीका झण्डै साढे चार हजार विद्यालयको विभिन्न शैक्षिक मापदण्डका आधारमा परीक्षण गर्दा लटिनाथ नमुना मावि उत्कृष्ठ १० विद्यालयको स्थानमा परेको छ । लटिनाथ नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक केशव विष्टले साधारण शिक्षा तर्फ शिक्षा मन्त्रालयले देशभरीका चार हजार ८सय ६७ विद्यालय मध्ये १०औँ स्थानमा छनौट भएको बताए । प्रअ विष्टले यसका साथै प्राविधिक धार तर्फ समेत विद्यालयले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । हालै कर्णाली प्रदेश लेकसेवाले लिएको पशु स्वाथ्य सेवा पाँचौँ सहायक प्राविधिक धार तर्फ उर्तिण विद्यालय मध्ये ७ जना लटिनाथमै अध्ययन गरेका विद्यार्थी रहेका छन । ‘विद्यालयले साधारण तथा प्राविधिक धार तर्फका देशलार्ई चाहिने आवश्यक जनशक्ति उत्पादन गरिरहेको प्रमाणित भएको छ, ‘प्रअ विष्टले भने, ‘यसमा विद्यालय, शिक्षक, अभिभावक सबैको योगदान रहेको छ ।’
विद्यालयमा प्राविधिका धार तर्फका समेत कक्षा संचालन भएका छन । सिटिभिटीका कार्यक्तम अन्र्तरगत कृषि डिप्लोमा बाली विज्ञान, कृषि डिप्लोमा पशु विज्ञान, डिप्लोमा ईन फरेष्टी, प्रि डिप्लोमा विज्ञान र पुश विज्ञानको अध्ययन भईरहेको छ । विद्यालयमा हाल हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन । विभिन्न समयमा विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै शिक्षासंग सम्बन्धीत कार्यालयबाट सरकारले पुरस्कृत समेत गरेको छ । स्थानीय अभिभावकले विद्यालयका प्रअ केशव विष्टको कुसल नेतृत्व निरन्तर खटिदा ग्रामिण विकट भेगको विद्यालयले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बताईरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी