२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर
बिहीबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरमा दोदा नदीले वितण्डा मच्चाएको छ । जिल्लाको पुर्वी भेग चुरे भएर बग्ने दोदा नदीले चुरेदेखि दक्षिण नेपाली भूभागसम्म वितण्डा मच्चाएको हो । कृष्णपुर नगरपालिका २ वाणीदेखि दक्षिण लालझाडी हुँदै पुर्नवास नगरपालिका ५सिमरीसीमा बस्ती गाँउसम्मका बस्ती डुवानमा परेका छन । दोदामा आएको बाढीले चुरेदेखि दक्षिणी झण्डै दर्जनौँ नेपाली बस्ती डुवानमा परेका छन । शुक्लाफाँटा नगरपालिका १२ र लालझाडी गाँउपालिका ४ जाँई जोड्ने तिलकी नदीमा निर्माण भएको झोलुङ्गे पुल समेत भत्काईदिएको छ । स्थानीय पदम रानाले चार बर्ष अघि मात्रै निर्माण भएको झोलुङ्गेपुल बगाएर लगेको बताए । पुल भत्किएपछि स्थानीयको आउजाउ समेत ठप्प भएको छ । नदीको सतह अत्यधिक बृद्धि भएपछि पुल समेत बगाएर लगेको उनले बताए । चुरे नजिक बस्ती कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रमा बनहरा नदीबाट परिचित दोदा नदीले दर्जनौ घर डुवानमा परेका छन । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले बनहरा नदीको सातह गयतरातीदेखि एक्कासी बढेसंगै बंक, खल्ला,वाणी क्षेत्रका दर्जनौँ घर डुवानमा परेको बताए । अध्यक्ष साउदका अनुसार स्थानीय जनप्रतिनिधी सहित उद्दार कार्यमा खटिएका छन । लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले सिङ्गै दोदा नदी गाँउ पसेर ५ सय घर डुवानमा परेको बताए । ‘अप्रत्यासित रुपमा नदीको सतह बढ्यो, ‘अध्यक्ष रानाले भने, ‘गाँउपालिका कार्यालय सहित दर्जनौँ बस्ती डुवानमा परेका छन ।’ डुवानमा परेका घर, अन्य भौतिक सरचनामा क्षति पुगेको छ । अति प्रभावित परिवारको विद्यालय क्षेत्रमा उद्दार गरिएको बताए । बर्षातले नेपाल विद्युत प्राधिकरणका विद्युतमा समेत क्षति पुगेको छ । विद्युतका तारमा रुख खस्दा बेलौरी, बेलडाँडी क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ । ‘अहिले नदीले सिङ्गै गाँउपालिका डुवानमा पारेको छ, ‘अध्यक्ष रानाले भने, ‘विस्तारै कटानी गर्छ, खेतीयोग्य भूमि समेत बगाउँछ ।’ वाढीपीडितको उद्दारमा सशस्त्र प्रहरी र प्रहरी खटिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वाढीले डुवान भएको तर, मानविय ठुलै भौतिक एव कुनैपनि नागरिकको निजी सम्पत्तीमा क्षति नपुगेको बताए । दोदा नदी नियन्त्रण र तटबन्ध निर्माण नहुँदा बर्षनी लालझाडीका स्थानीय विपद्को सामाना गर्नुपर्ने बाध्याता रहेको छ । वाढीको ताण्डपले पीडितको विचल्ली भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी