२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुर महेन्द्रनगर बजारमा म्याद गुज्रिएका खाद्य समाग्री भेटिएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारका विभिन्न किराना पसलमा भेटिएका हुन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दशौँ, तिहारका बेला बजारमा अनुगमनमा क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य समाग्री बरामद गरेको छ ।
मंगलबार पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ओमसाई किराना पसलबाट २७ बोरा चामल बरामद गरेको हो ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारीले ओमशाही किराना पसलबाट म्याद सकिएका खाद्य समाग्री बरामद गरिएको बताए । उक्त पसलमा म्याद सकिएका चामल सहितका खाद्य समाग्री बिक्रि वितरण भएको पाईएको हो छ ।
‘हामीले म्याद गुज्रिएका खाद्य समाग्री बरामद गरेका छौँ, ‘सहायक प्रजिअ भण्डारी भने, ‘चामलको बोरामा उत्पादन मिति नै भेटिएन ।’ ओमशाही किराना पसलका संचालक कैलास गुप्ताले भैरवाहबाट चामल ल्याएको बताए । उनले शिखर फुड्स प्रालिबाट भारतीय कम्पनीबाट उत्पादित चामलमा त्रृटि भएको स्वीकार गर्दै साहुलाई पैशा नदिने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बजारका अन्य पसलमा समेत म्याद गुज्रिएका समान भेटिएको र बरामद गरिरहेको बताए । ‘चार्डवाडका बेला खाद्य समाग्रीमा मिसावट, म्याद गुज्रिएका समान बिक्रि वितरण भईरहेका छन, ‘उनले भने, ‘आम उपभोक्ताको स्वास्थ्यमा खेलवार्ड हुने चेलखेल रोक्नका लागि समयमै अनुगमन गर्दै छौँ ।’ महेन्द्रनगर बजारमा संयुक्त बजार अनुगमन हुन थालेपछि कालोबजारी गर्नेवालाहरु त्रसित भएका छन । उपभोक्ताले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी