२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारको डरलाग्दो जालो विस्तार भईरहेको एक तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको प्रतिवेदनले सुदूरपश्चिममा भ्रष्टाचार नरोकिएको तथ्याङ्क देखाएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले प्रदेश प्रमुख देशराज जोशी बुझाएको ३६ औँ बार्षिक प्रतिवेदनमा भ्रष्टाचार बढेको देखाएको छ । ७ बर्ष अघि कञ्चनपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएको थियो ।
सर्वोच्च अदालतबाट अख्तियारकै पैशा दिएर घुस लिने कर्मचारीलाई पक्राउ गर्नबाट रोक लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले पातलो स्टिङ अप्रेसन गरेपछि भ्रष्टाचार बढेको हो । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट हाल १ हजार ९२० प्रारम्भिक रुपमा भ्रष्टाचारका उजुरी दर्ता भएका छन । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट कुल १ हजार ७ सय ३९ मुद्दा दर्ता भएका छन । सबैभन्दा बढि कैलाली ४ सय ६३ र सबैभन्दा कम बाजुरा ८४ उजुरी दर्ता भएका हुन ।
कञ्चनपुर २ सय ८४, बैतडी २ सय २९, बझाङ्ग १ सय ८२, दार्चुला १सय ३२, डडेल्धुरा १सय २९, अछाम १ सय १० र डोटी १सय २६ भ्रष्टाचारजज्य मुद्दा दर्ता भएका छन । एक हजार ६२ मुद्दा फछ्यौट भएका छन । भने ६ सय ७७ फ्छ्यौट हुन बाँकी रहेका छन । २ सय ९६ मुद्दा प्रशासन, स्थानीय तह सहित अन्य सरकारी कार्यालयमा कार्बाहीका लागि पठाईएको छ । भ्रष्टाचारजन्य कसुर बाफत ९लाख, ९३ हजार, ५ सय ६६जरिवाना अशुल गरिएको छ । जिल्लामध्ये सबैभन्दा बढि कैलाली र पालिका मध्ये सबैभन्दा बढि भीमदत्त नगरपालिकामा उजुरी गरेका छन । अख्तियार र भीमदत्त नगरको कार्यालयसंगसंगै रहेकाले सेवाग्राहीको समेत पहुँच पुगेकाले मुद्दा बढि भएको अख्तियारको ठहर छ । दिन दुईगुना रात चौगुना भ्रष्टाचार बढ्दै गएपनि प्रभावकारी रोकथामका लागि मार्जिनल एक्सन नहुँदा भ्रष्टाचार बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी नारायण प्रशाद ढकालले स्ट्रीङ अप्र्रेसन समेत नरोकिएको बताए ।
सुचना अधिकृत ढकालले वैज्ञानिक वन व्यवस्थापन र महेन्द्रनगर नगर विकास समितिको अनियमितता बारे आयोगको केन्द्रीय कार्यालयबाट अनुसन्धान भईरहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल ईन्जिनियर प्रेम नारायण बस्न्यातले भ्रष्टाचार रोकथामका लागि सामुदायिक शिक्षा एव प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरिएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी