२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुरका पुराना एमाले नेता खेम सुवेदीले पार्टीबाट राजिनामा गरेका छ्न ।
उनले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै यो जानकारी दिएका हुन । उनले आजैका मितिदेखी आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी गराएका छन ।
जुन पार्टीलाई उकास्नको लागि जीवनको सम्पूर्ण समय खर्च गरीयो, आज त्यही पार्टीमा आफ्नो भविष्य नदेखिएकाले आफूले स्वतन्त्र भएर बस्न चाहेको नेता सुवेदीले बताए ।
आफू २०५१ सालदेखि लगातार २०७९ सालसम्म टिकटका लागि सिफारिसमा परेपनी आफ्नो नाम अन्तिम चरणमा हटने गरेको बताए ।
टिकटकै कारण राजनीति गरेको भए २०५१ सालमा टिकट नपाएपछि नै पार्टी छोडथे तर हालसम्म पार्टीका लागि आफूले निरन्तर काम गरीरहेको नेता सुवेदीको भनाई थियोे ।
स्वतन्त्र रुपमा रहने तर स्वतन्त्र उम्मेदवार भएर उठने कि नउठने भन्ने बारेमा अहिलेसम्म निर्णय नगरेको र सहकर्मी साथीहरूसंग बसेर छ्लफल गरेपछि मात्र यसबारेमा निर्णय गरीने उनले बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उनको नाम सिफारिसमा परेपनि अन्तमा तारालामा तामाङलाई पार्टीले उम्मेदवार बनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी