२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
नेकपा एमालेका नेता नन्दलाल चटौतले राष्ट्र जोगाउनका लागि पार्टीले दिएको टिकट र सिट त्यागेको बताएका छन ।
एमाले केन्द्रीय सल्लाहकार परिष्द सदस्य समेत रहेका चटौतलाई पार्टीले कञ्चनपुर क्षेत्र ३(क)मा टिकट दिईएको थियो । ३(क)मा दिएपनि उक्त सिट राप्रपाको भागमा परेपछि आफुले सहर्ष छाडनु परेको बताए । नेता चटौतले पार्टीले आफुलाई उक्त सिटमा स्थानीय आवश्यकता अनुरुप राप्रंपालाई दिने कार्यको स्वागत गर्दै जिल्लाभरी पार्टी जिताउने अभियानमा जुट्ने आब्हान गरे । ‘मेरो पार्टी र आदरणीय नेताप्रति कुनै गुनासो छैन, मेरो बारेमा फैलाईएको हल्ला पनि निराधार हो, ‘उनले भने, ‘म पार्टीका उम्मेदवार र गठबन्धन गरिएको राप्रपाका उम्मेदवार जिताउने अभियानमा खट्छु ।’ अहिले मुलुक जोगाउनुपर्ने अवस्था आएको बताउँदै नेता चटौतले पार्टीले जुन जिम्मेबारी दिए पनि बहन गर्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी