२०८१ मंसिर १०, सोमबार
आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र(बाम, लोकतान्त्रिक) गठबन्धनले संयुक्त चुनाव प्रचार प्रसार समिति बनाएको छ । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनको पुनर्वासमा बसेको बैठकले संयुक्त चुनाव प्रचार प्रसार समिति गठन गरेको हो । पं्रचार प्रसार समितिमा दुवै पाटीबाट प्रतिनिधी र प्रदेश सभा तर्फ नेताहरुलाई जिम्मेबारी दिईएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल संयोजकत्वमा क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिती बनाएको हो ।
उक्त समितिमा नेपाली काँग्रेसका क्षेत्रीय क्षेत्रीय सभापती गोपि प्रशाद उपाध्यायलाई सह( संयोजकको जिम्मेवारी दिईएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर एकको प्रदेशसभा १ मा निर्वाचन परिचालन समितिमा लागि नेपाली काँग्रेसका प्रदेश १ का सभापति मानबहादुर रोकाया संयोजकको जिम्मेवारी दिएको छ । बैठकले सह संयोजक मा माओवादी केन्द्रका कञ्चन गिरि लाई जिम्मेवारी दिएको छ । कञ्चनपुर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रदेश सभा २ का सभापति चेतन कुमार राइलाई निर्वाचन परिचालन समितिको संयोजक को जिम्मेवारी दिएको छ । सह( संयोजक मा नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद जोशीलाई जिम्मेवारी दिइएको नेपाली काँग्रेसका क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्यायले बताए ।
संविधानको रक्षा , गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुलाई निर्धक्क मतदान गर्न सम्पुर्ण लोकतन्त्रवादी जनसमुदायमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले आह्वान गरेको बताए ।
देशमा लोकतन्त्र र संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएकोले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन पर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।
उनीहरुले बाम गठबन्धनका उम्मेदवारी भारी बहुमतले जिताउने गरी ब्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी