२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका पिताम्बर जोशीले कञ्चनपुरको समग्र विकास निर्माण र निजि क्षेत्रको विकास, प्रवद्वनका साथै विस्तारका लागि लाग्ने बेरोजगार युवालाई रोजगार दिने निशुल्क स्वास्थ्य शिक्षाको व्यवस्था गर्ने सहित जनतामा गएको बताएका छन् । योसँगै उनले चुनाव प्रचार अभियानलाई पनि तीव्रता दिएका छन्।
उनलाई काँग्रेसले धेरै पटक उम्मेदवारी फिर्ता लिन आग्रह गरेता पनि उनले उम्मेदवारी फिर्ता लिन चाहेनन । उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार जोशीले चुनाव चिन्ह डल्फिन पाएपछि प्रचारप्रसार सुरु गरेका हुन्। उनले जनताको समृद्धि, रोजगारी सृजना, विकास, स्थानिय स्तरमा उत्पादित स्रोत र साधनको बजारीकरणका लागी आत्म निर्भर उधमशिल सामग्री उत्पादनका लागी र जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो प्रमुख एजेण्डा रहेको बताए।
आफू निर्वाचित भएमा ‘एक घर एक रोजगार’को अवधारणा अनुसार स्थानीय स्तरमा क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्। ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिने छ, ग्रामीण क्षेत्रमा पक्की सडक पु(याइने छ,’ उनले भने। स्थानीय उत्पादनसँग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकास, जनताको जीवनस्तर सुधारका लागि आयआर्जनका अवसरहरु र भष्ट्राचाररहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण जोशीका प्रमुख एजेण्डा हुन।
बिचारको राजनिती भन्दा व्यक्तिको राजनिती भएको अवस्थामा पार्टीमा जुन बिस्वास विपीको समाजवाद पार्टीमा नरहेको अवस्थामा आफुले पार्टी परित्याग गरेर वागी उम्मेदवार दिएको बताए ।
प्रदेश सभा क्षेत्र नम्बर ३९क० मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका टेकेन्द्र भट्ट, नेकपा एकीकृत समाजवादीका प्रकाश रावल, एमालेसँगको तालमेलमा राप्रपाका धर्मराज जोशी चुनावी मैदानमा छन्। स्वतन्त्र उम्मेदवार बनेका कञ्चनपुरका चर्चित व्यवसायी जोशीले आफ्ना एजेण्डामा मतदाता सहमत भएकाले चुनावी परिणाम पनि आफ्नो पक्षमा आउने दाबी गरे। कांग्रेस र एमालेले आफ्ना उम्मेदवार नउठाएपछि आफूलाई सजिलो भएको उनको भनाई छ। एमालेले राप्रपा र कांग्रेसले गठबन्धनमा ९माओवादी० लाई क्षेत्र छोडेका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी