२०८१ मंसिर १०, सोमबार
दोधारा । आसन्न प्रदेश तथा प्रतिनिधी सभाका तयारीमा नेकपा एमाले र राप्रपाले दोधारा चाँदनी नगरपालिकामा सक्रियताका साथ जुटेको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न टोल बस्तीमा स्थानियहरु संग भेट गरि आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई बिजय बनाउन आग्रह गरिएको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ९ ढकनाघाटमा नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवारलाई स्थानियहरुले फुलमाला तथा अबिरले स्वागत गरेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधी सभा निर्वाचनमा निरुपाल र (ख) प्रदेश सभाका उम्मेदवारमा सुरेन्द्र बिष्ट नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार रहेका छन् । भेटघाट कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमाले दोधारा चाँदनी– ९ वडा सभापती तथा वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, नेकपा एमाले दोधारा चाँदनी नगर सचिव गणेश भाट, दोधारा चाँदनी– १ का वडाध्यक्ष तथा राप्रपा क्षेत्रिय अध्यक्ष बिक्रम चन्द, राप्रपा शुदुरपश्चिम प्रदेश प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगाएत नेकपा एमाले र राप्रपाका नेता तथा कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानियहरुले उम्मेदवार सुरेन्द्र बिष्टलाई फुलमालाले स्वागत गरेका छन् । आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई बहुमतले बिजय बनाउन आग्रह गरिएको छ् । देशमा समृद्धि र बिकास ल्याउने नेकपा एमाले रहेको भन्दै नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्काले दोधारा चाँदनी नगरपालिकाको स्थानिय निर्वाचनमा नेकपा एमालेलाई बिश्वास गरि जनताले मत दिए जस्तै प्रदेश र प्रतिनिधी निर्वाचनमा जनताले भोट दिएर नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवारलाई बिजय बनाउनेमा आफुहरु ढुक्क भएको बताएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार सुरेन्द्र बिष्टले जनताले एमाले र राप्रपाका उम्मेदवारलाई दिएको मतको सही स्थानमा सही सदुपयोग हुने बताएका छन् । देश समृद्ध बनाउने पार्टी नेकपा एमाले भएको बताउदै देशै भरी नेकपा एमालेका लहर आउनेमा आफु ढुक्क भएको उनले बताएका छन् । प्रदेश सभा सदस्य उम्मेदवार विष्टले यस अघि भीमदत्त नगरपालिकामा पाँच वर्षे कार्यकालमा स्थानिय चुनावी प्रंतिवद्धता अनुसार काम गरेका छन् । उनले उत्तरी क्षेत्रमा जैविक धार्मिक मार्ग र दक्षिण क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरी भीमदत्तमा बाह्य र भित्री चक्रपथ बानाउने कार्य थालनी गरेका थिए । भीमदत्तका सबै वडामा वडा कार्यालय भवन बनाएका उनले प्राविधिक शिक्षाका लागि महाकाली बहुप्राविधिक शिक्षालय समेत सञ्चालनमा ल्याएका छन् । यातायात सुविधा नपुगको भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीमा उनी निर्वाचित भएको केही महिनामै गाडी सञ्चालन गरिएको थियो । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुन नसकेकोमा विष्टले चिन्ता जताएका छन् । उनले क्याम्पसलाई आंगिक बनाएर दोधारा चाँदनीको शैक्षिक हब बनाउने योजना उनले सुनाए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी