२०८१ मंसिर १०, सोमबार
दोधारा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु चुनावी घर दैलोमा व्यस्त छन् । कञ्चनपुरमा पनि विभिन्न राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी गतिविधीमा व्यस्त छन् । नेकपा एमालेले पनि चुनावी घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा ३ (ख) मा उम्मेदवार रहेका नेता सुरेन्द्र विष्टले दोधारा चाँदनी केन्द्रीत चुनावी घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन् । शुक्रबार देखि घरदैलोमा रहेका विष्टले शनिबार पनि निरन्तता दिएका छन् । नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष समेत रहेका विष्टले दुई वटै तहमा चुनाव जित्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई परिचालन समेत गरेका छन् । एमाले उम्मेदवारहरुले दुई दिन ढकनाघाट देखी वडा नम्बर ३, ६, र ७ का केही बस्तीहरुमा घरदैलो तथा भेटघाट गरेका छन् । नेकपा एमालेले शनिबारनै नगरका सबै वडामा संयुक्त चुनावी सम्र्पक कार्यालय समेत उद्धघाटन गरेको छ । कञ्चनपुर ३ मा राप्रपा नेपाल संग चुनावी तालमेल गरेको नेकपा एमालेले संयुक्त रुपमा चुनावी कार्यक्रम सञ्चालन गरिरहेको छन् । शनिबार दोधारा चाँदनी वडा नम्बर २, ३ र ४ मा वडा कार्यालय स्थापना गरिएको छ् भने आजै ५ मा पनि कार्यालय खोलिने पार्टीले जनाएको छ । एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन जित्ने रणनीति बनाएको छ् । दोधारा चाँदनीमा स्थानीय पालिका जितेको एमाले बलियो मनोबलका साथ त्यहाँ परिचालित भएको छन् । पार्टी नेतृत्वको सरकार र विगतमा आफुहरुले गरेका कामहरु ज्नता माँझ लिएर गएको एमालेले स्थानीय र राष्ट्रिय विकास मुद्धा सहित चुनावमा होमिएको छन् । एमालेले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, मझगाँउ विमानस्थल सञ्चालन, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सेवा विस्तार, महाकाली र जोगबुडामा पक्की र बलियो तटबन्ध निर्माण, दोधारा चाँदनीलाई व्यवस्थीत तथा सम्मानीत सीमा शहर बनाउने, विपन्न वर्गको उत्थान, स्वरोजगार तथा उद्यम, सीमा समस्या समाधान लगाएतका योजना अघि सारेको छ् । दोधारा चाँदनीमा स्थानीय निर्वाचन भन्दा पनि एमालेको जनमत राम्रो रहेको स्थानीय नेताहरुले बताएका छन् । नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले एमालेले फराकिलो मतान्तरले लिड गर्ने बताए । ‘अहिले नेकपा एमाले यस क्षेत्रमा बलियो अवस्थामा छ ।’ उनले भने – ‘पार्टी पंङ्त्ती र उम्मेदवारहरु हाम्रो जनमत विस्तारमा लाग्नु भएको छ, दोधारा चाँदनीबाट हामी राम्रो मतका साथ लिडिङ् पोजिसनमा रहन्छौंक ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी