२०८१ मंसिर १०, सोमबार
दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा आज पनि नेकपा एमाले र राप्रपाले सयुक्तरुपमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० वडामा नेकपा एमाले र राप्रपाले सयुक्तरुपमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ हेल्थपोष्ट, वडा नं. ७ बाबाथान बजार, वडा नं. ८ शिवमन्दिर टोल, वडा नं. ९ अम्बिका माबि नजिक र वडा नं. १० को जसबिरे टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य गगन खत्रीले जानकारी दिएका छन् । हिजो दोधारा चाँदनी नगरपालिकामा एकै दिनमा ४ स्थानमा नेकपा एमाले र राप्रपाको सयुक्त सम्पर्क कार्यालयको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपािलकाको वडा नं. २ सरस्वती टोल, वडा नं. ३ शान्ती चौराह, वडा नं. ४ चाँदनी बजार र वडा नं. ५ भण्डारी चौराहमा नेकपा एमाले र राप्रपाको सयुक्त सम्पर्क कार्यालयको कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपुर ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र बिष्ट लगाएत नेकपा एमाले तथा राप्रपाको नेताहरुले बिधिवतरुपमा उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा नेकपा एमाले र राप्रपाका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का एमाले र राप्रपाका सयुक्त उम्मेदवार निरुपाल, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर चिनी ओझा गिरी, जिल्ला कमिटि सदस्य सरोज चन्द, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, ओंम बस्नेत, नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष हरिसिंह धनाडी रहेका थिए भने राप्रपाका नगर अध्यक्ष बिर बहादुर शाह, राप्रपाका नेता बिक्रम चन्द, राप्रपा शुदुपश्चिम प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार लगाएत नेकपा एमाले र राप्रपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी