२०८१ मंसिर १०, सोमबार
दोधारा । कञ्चनपुर क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल यतिबेला घरदैलोमा ब्यस्त छन् । स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तगा टोलहरुमा पुगेर स्थानीय मतदातासंग मत माग्न व्यस्त देखिएका छन् । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । उनले दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ३ वडाहरुको टोल बस्तीमा घरदैलो कार्यक्रम गरेका हुन् । वडा वडामा जनता माझ पुगिरहेका स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनि दोधारा चाँदनी नगरपािलका क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेको ब्यक्ती हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उम्मेदवार भिम कुमाललाई सामाजसेवीकोरुपमा परिचित छन् । मतदाताहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्दै आएको नेपाल सरकारको बिकासको कार्य शैलीप्रति असन्तुष्ट रहेको गुनासो उम्मेदवारलाई सुनाएका छन् । मतदाताहरुले देशमा भ्रष्टाचार बढ्दै गईरहेको असन्तुष्टि सुनाए पछि उनले आफु प्रदेश सभामा पुगेपछि भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे । राजनितिक दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउदै उम्मेदवार भिम कुमालले आफनो जनप्रतिनिधी कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका बताए । त्यसकारण आफू प्रदेश सभाको कुर्सी सम्हालेर दोधारा चाँदनी लगाएत प्रदेशकै लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी