२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्रबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का उम्मेदवार भिम कुमाल निर्वाचन प्रचार प्रसारमा घर देखि खेतवारी सम्म पुगेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २ र ३ मा उम्मेदवार कुमाल घरदैलो देखि खेतवारी सम्म आफ्नो चुनावी प्रचार प्रसारमा जुटेका छन् । यो समयमा यहाँका किसानहरु धान भित्र्याउन खेतवारीमा व्यस्त हुने समय भएकाले उम्मेदवार खेतवारीमै पुग्ने गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ को बिभिन्न टोल बस्तीमा धान भित्र्याईदै रहेका किसानहरुलाई खेतवारीमै गएर उनले भोट मागेका हुन् । यतिवेला यहाँका नेकपा एमाले, काग्रेंस लगाएत दलका उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमै व्यस्त छन् । उम्मेदवार कुमालले संन्चो बिसन्चो सोध्दै आफुलाई जिताउन भोट मागिरहेका छन् । खेतवारी तथा घरदैलोमा पुगेका उम्मेदवार कुमाललाई मतदाताले विशेष गरि सडक, खानेपानी, विद्युत लगाएतका माँगहरु राख्ने गरेका छन् । आफ्ना माँगहरु पुरा गर्ने उम्मेदवारलाई भोट हाल्ने स्थानियहरुले बताएका छन् । केही दिन देखि स्वतन्त्र समुहका उम्मेदवार भिम कुमाल दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोलहरुमा पुगेर मतदाता संग मत माग्न व्यस्त देखिएका छन् । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । वडा, बस्तीमा जनता माँझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनि दोधारा चाँदनी नगरपािलका क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेको ब्यक्ती हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उम्मेदवार भिम कुमाललाई सामाजसेवीकोरुपमा परिचित छन् । मतदाताहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्दै आएको नेपाल सरकारको बिकासको कार्य शैलीप्रति असन्तुष्ट रहेको गुनासो उम्मेदवार भिम कुमाललाई सुनाएका छन् । आफू प्रदेश सभाको कुर्सी सम्हालेपछि दोधारा चाँदनी लगाएत प्रदेशकै लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी