२०८१ मंसिर १०, सोमबार
दोधारा । भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समिति गठन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ स्थित रहेको ईन्द्र मध्यवर्ती सामुदायिक बन भित्र रहेको पिकनिक स्पोटको एक भेलाले भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समिति गठन गरेको बताईएको छ् । भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समितिका संयोजकमा रघुनाथ भट्ट चयन भएका छन् । यस्तै सचिवमा ाजेन्द्र सिंह साँउद र कोषाध्यक्षमा गोपाल सिंह घिमिरे चयन भएका छन् । जंग बहादुर चन्द, जंग बहादुर खड्का, कमलापती भट्ट, धिर प्रताप पाँण्डे, रामचन्द्र खड्का, महेन्द्र पुजारा, गणेश पुजारा, बिष्णु दत्त भट्ट, सुरज सुनार, भरत पुजारा, शेर बहादुर थापा, बेल बहादुर राना, उत्तम प्रसाद भट्ट, मान बहादुर चन्द र रघुबिर साँउद गरि २१ सदस्यीय भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समिति गठन गरिएको भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिएका छन् । २०३८ सालमा भानु माध्यमिक बिद्यालयमा कक्षा ८ र ९ कक्षा संचालन भएको थियो । उक्त समयको बिद्यार्थीहरु एकजुट भई शिक्षाको सुधार संगै बिकासका लागी उद्धेश्यले भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समिति गठन गरिएको कार्यक्रममा बताईएको छ् । गठन भएको तदर्थ समितिलाई आगामी दिनमा बिधिवतरुपमा समिति गठन गर्ने समेत बताईएको छ् । चयन भएका भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समितिका पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना कामना सहित शुभ दिपावली र छट पर्वको शुभकामना आदान प्रदान गरिएको भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समितिले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी