२०८१ मंसिर १०, सोमबार
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार भिम कुमालले तिहार पछिको पहिलो दिन दोधारा चाँदनी नगरपालिका–२ बाट चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । केही दिन देखि स्वतन्त्र उम्मेदवार भिम कुमाल दोधारा चाँदनी नगरपालिका र भिमदत्तका केही वडा तथा टोलमा चुनावी भेटमा ब्यस्त रहेका छन् । आज दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ का बस्तीहरुमा आफ्नो भेटघाट अघि बढाएका स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार भिम कुमालले जनाएका छन् । उम्मेदवार कुमालले संन्चो बिसन्चो सोध्दै आफुलाई जिताउन भोट मागिरहेका छन् । खेतवारी तथा घरदैलोमा पुगेका उम्मेदवार कुमाललाई मतदाताले विशेष गरि सडक, खानेपानी, विद्युत लगाएतका माग राख्ने गरेका छन् । आफ्ना माँग पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने स्थानीय बताउछन् । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । वडा, बस्तीमा जनता माझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाादनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनी कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी