२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। कञ्चनपुर क्षेत्र ३ को प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंह गाउँ बस्तीमा चुनावी घरदैलोमा सक्रिय छन्।
उनले शनिवार बेदकोट नगरपालिका–८ मा सम्पर्क कार्यालय खोलेका छन्।
बेदकोटको वडा नं. ८ प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत पर्छ। यो कांग्रेस उम्मेदवार रमेश लेखकको वडा पनि हो। कांग्रेसबाट बिद्रोह गरी सिंहले लेखकविरुद्ध उम्मेदवारी दिएका हुन्।
कांग्रेसको १४ औँ महाधिवेशनमा अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका सिंहले पटक–पटक एउटै व्यक्ति उम्मेदवार बन्ने परिपाटीले राजनीतिमा युवा सहभागिता कमजोर भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।
लेखकलाई लक्षित गरी यस्तो नारा दिएका सिंह अहिले मतदातासँग भोट माग्न व्यस्त छन्।
सिंहले दोधाराचाँदनी र भीमदत्त नगरपालिकाका अधिकांस वडामा सम्पर्क कार्यालय खोलेको बताए।
‘म आफ्नो मिसनमा अगाडि बढिसकेको छु, तर आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले मेरो प्रचारमा हिडिरहेका साथीहरुलाई अनेक खालका प्रलोभन, दवाव दिने र नमानेमा धम्क्याउने जस्ता गतिविधि गरिरहेको छ,’ उनले भने, ‘यो पराजित मानसिकताको उपज हो।’
आफ्नो समर्थनमा फेसबुकमा पोष्ट गरेका स्टाट्स पनि डिलिट गर्न लगाएको उदाहरण दिदैँ सिंहले यस्तो गतिविधिले व्यक्तिको राजनीतिक स्वतन्त्रता माथि प्रहार भइरहेको बताए। ‘यस्तो गतिविधि नरोकिए, कानूनी उपचार खोज्न बाध्य हुने छु,’ उनले भने।
कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा सिंहसँगै १२ जना उमेदवार प्रतिस्पर्धामा छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी